सत्ता गठबन्धनको भागबण्डा मिलेन
काठमाडौं बैशाख ५ : स्थानीय तह निर्वाचनको भागबण्डा मिलाउन बसेको सत्ता गठबन्धनको सोमबारको बैठक विना निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठक साँझ पुनः बस्ने गरी स्थगित भएको हो । महानगर र उपमहानगरको भागबण्डा गर्न गठबन्धनको बैठक बसेको थियो ।
बैठकमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बावुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेता सहभागी हुनुहुन्थ्थो ।
देशभरका ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट केन्द्रबाट नै बाँडफाँड गर्ने सहमति अनुसार भागबण्डाका लागि गठबन्धनका नेता बस्नुभएको थियो । भागबण्डामा सबै दलका आआफ्ना दाबी भएको कारण सहमति जुट्न सकेको छैन ।