एमालेको नेतृत्वमा समुन्नत बन्दै बुटवल


बुटवल उपमहानगरपालिकाले दीर्घकालीन आर्थिक विकासको योजना निर्माण गरेको छ । विगत लामो समयदेखि बुहप्रतिक्षित रुपमा रहेका राष्ट्रिय महत्वका योजनालाई पूरा गरी नगरपालिकाले आर्थिक विकासमा विशेष योगदान पु¥याउन लागेको छ ।

खासगरी बुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरमा राष्ट्रिय महत्वको आयोजनाका रुपमा बुटवल अन्तर्राष्ट्रिय सभाहल र बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल निर्माण भइरहेका छन् । यो काममा बुटवल उपमहानगरले आवश्यक सहकार्य, समन्वय र सहजीकरण गरिरहेको, निर्माणकार्य जारी रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

बुटवलमा मुलुककै पहिलो ढुवानी ग्राम निर्माण

बुटवलमा उपमहानगरले निजी क्षेत्रसँगको सहकार्यमा मुलुककै पहिलो बुटवल ढुवानी ग्राम निर्माण गरेको छ । हेवी लोडका गाडीलाई व्यस्त सहरमा प्रवेश गर्न नपर्नेगरी बुटवल–१२ नयाँ गाउँमा करिब चार विगाह क्षेत्रफलमा ३२ करोड सहकार्यको लगानीमा ढुवानी ग्राम निर्माण गरिएको छ । सार्वजनिक निजी साझेदारीमा बनेको नयाँ व्यवस्थापछिको यो नै मुलुकको पहिलो र नमुना आयोजना हो । ढुवानी ग्राम सञ्चालनमा आइसकेको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले देशकै नमुनाको रुपमा आर्थिक विकासका विभिन्न चरणमा नगर प्रवेश गरेको बताउनुभयो ।

बुटवलमा आधुनिक सिटी सेन्टर निर्माण हुने

बुटवलको बस टर्मिनल परिसरमा बुटवल बहुउद्देश्यीय सपिङ कम्प्लेक्स निर्माण भएको छ भने सार्वजनिक निजी साझेदारीमा अर्को बहुउद्देश्यीय कप्लेक्स निर्माणको प्रक्रिया अगाडि बढेको छ । सार्वजनिक निजी साझेदारीको सुनिश्चितता भएसंगै उक्त कार्यक्रम अगाडि बढेको छ । आधुनिक र व्यवस्थित सहरका रुपमा विकास गर्नेगरी सिटी सेन्टर निर्माण हुनेछन् ।
आर्थिक केन्द्रका रुपमा रहेको बुटवललाई अझ गुल्जार बनाउनका लागि यो अवधारणा ल्याइएको हो । बुटवलको समृद्धिको आधारमध्ये व्यापार पनि एक रहेको कुरामा दुईमत छैन ।

बुटवल उपमहानगरपालिकाले सानिसा अवधारणामा अगाडि सारेको करिब तीन अर्ब लागत बराबरको गौरवको आयोजनाका रुपमा सिटी सेन्टर निर्माणको प्रक्रिया अगाडि बढेको छ । उपमहानगरपालिकाले बसपार्कमा आधुनिक बस टर्मिनल, टर्मिनललाई कभर गरेर माथि कफी सप सहितको रमणीय पार्क, ७ देखि १६ तलासम्मका ७ वटा पार्किङ सहितका बहुतले बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण गर्ने परियोजना अगाडि सारेको छ ।

आधुनिक कृषि उपज तथा प्रशोधन केन्द्र

बुटवलमा ४५ विगाहामा आधुनिक कृषि उपज केन्द्र निर्माणको प्रक्रिया जारी छ । डीपीआर तयार भएर वातावरणीय प्रभाव मूल्यांकन लगायतक काम पनि पूरा भई स्रोतको खोजी गर्ने काम भइरहेको छ ।

बुटवल–१६ सेमलारमा पारी सैनामैना नगरपालिकाको समेत केही भूभाग समेटेर आधुनिक कृषि उपज बजार केन्द्र निर्माणका लागि आवश्यक काम अगाडि बढेको उपमहानगर प्रमुख सुवेदीले बताउनुभयो । यसको डीपीआर तयार पारेर वातावरणीय प्रभाव मूल्याङ्कन समेत पूरा गरेर अघिल्लो चरणको काम सुरु भएको छ ।

पशुबधशाला निर्माण
प्रदेशमै पहिलो आधुनिक बुटवल पशुबधशाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेश सरकारले उपमहानगरसँग सहकार्य गरेको छ । बधशाला निर्माणको कार्य अहिले अन्तिम चरणमा पुगेको छ । बधशालाको स्थापनाका लागि भएको दशकौंदेखिको पहल विगत पाँचबर्षमा बुटवल उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिबाट साकार हुने भएको छ ।

लगानीमैत्री र व्यावसायिक वातावरण

लगानी र व्यावसायिक वातावरण निर्माण भएको नगरका रुपमा बुटवल उपमहानगर मुलुककै पहिलो भएको छ । व्यावसायिक वातावरण सूचकमा मुलुकभरका नगरलाई उछिन्दै बुटवललाई उत्कृष्ट स्थान प्राप्त भएको छ । जर्मन सहयोग नियोग (जीआइजेड) ले विषयगत विज्ञहरुमार्फत मुलुकका ११ वटा नगरपालिकाको सर्वेक्षण गरेको थियो ।

देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रुपमा विकास भइरहेका ११ वटा नगरलाई छनौट गरी त्यहाँको लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर सर्वेक्षण गरिएको वताइएको छ ।

स्थानीयस्तरमा रोजगारी सिर्जनाको अवस्था, नयाँ लगानीका क्षेत्र, विद्यमान लगानीको अवस्था र नयाँ वातावरण निर्माण, उद्यामीशलताको विकास, जीविकोपार्जनमा सहजता ल्याउन गरिएका प्रयासलाई मूल्याङ्कनको आधार बनाई सर्वेक्षण गरिएको जीआइजेडले जनाएको छ । सोही मूल्यांकनका आधारमा बुटवल मुलुकमै पहिलो भएको हो ।

जीआइजेडले बुटवललाई लगानीमैत्री र व्यावसायिक वातावरणमा मुलुकमै उत्कृष्ट नगरका रुपमा अवार्ड प्रदान गरेको छ ।
स्थानीय लघु, साना तथा मझौला उद्योगहरूको व्यवसायको अवस्था, सुधारका साथै यसका सेवा प्रदायकहरूको बिक्रीपछिको सेवा सुनिश्चितता र लगानीको वातावरणका बारेमा विज्ञहरुले सर्वेक्षण गरेका थिए । सोही आधारमा व्यासायिक वातावरण सर्वेक्षण (बीजनेश क्लाइमेट सर्वे) २०२०÷२०२१ को नतिजा प्रकाशन गरी अवार्ड प्रदान गरिएको थियो ।

 

करदातालाई प्रोत्साहन, हजारौंले लिए छुट

करको दायरा वृद्धि गरी आन्तरिक आम्दानी बढाएको बुटवल उपमहानगरपालिकाले करछुटका विभिन्न व्यवस्थाहरु ल्याएपछि हजारौं करदाता लाभान्वित भएका छन् । उपमहानगरपालिकामा जननिर्वाचित जनप्रतिनिधिको आगमनपछि गएका तीन आर्थिक वर्षयता बढिरहेका करदाताहरुलाई प्रोत्साहन गर्न कर छुटका विभिन्न व्यवस्थाहरु ल्याइएको थियो ।

गएका चार आर्थिक वर्षमा २३ हजार ४०३ जनाले व्यवसाय कर, ७० हजार ८१९ जनाले सम्पत्ति कर र १२ हजार २०८ जनाले घर बहालकरमा १० देखि २५ प्रतिशतसम्म कर छुट लिइसकेको उपमहानगरको तथ्यांकमा छ । उक्त अवधिमा व्यवसाय करमा १० प्रतिशत छुट लिने १५ हजार ६४५ जना रहेका छन् भने २५ प्रतिशत छुट लिने छ हजार २६५ जना रहेका छन् । त्यस्तै सम्पत्ति करमा उपमहानगरपालिकाले विभिन्न अवधिमा १० र १५ प्रतिशत कर छुट दिएको छ ।

१० प्रतिशत कर छुट लिने कर दाताहरु ४८ हजार ७८ जना रहेका छन् भने १५ प्रतिशत कर छुट लिनेहरु २२ हजार १४१ जना रहेका छन् । त्यस्तै बहालकरतर्फ १० प्रतिशत कर छुट लिनेहरुको संख्या आठ हजार ४३६ रहेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
२५ प्रतिशत कर छुट लिनेमा तीन हजार ७७२ जना रहेका छन् । कोभिडको महामारीमा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा सबै खाले करमा भारी छूट दिएको थियो । जसअनुसार उक्त आबमा व्यवसाय करमा २५ प्रतिशत, सम्पत्ति करमा १५ प्रतिशत र घर बहाल करमा २५ प्रतिशत कर छूट दिएको थियो ।

व्यवसाय कर, घरबहाल करमा पहिलो चौमासिकमा २५ प्रतिशत, दोस्रो चौमासिकमा १५ र अन्तिम चौमासिकमा पाँच प्रतिशत छुट दिने व्यवस्था गरेको छ । तर करदाता यदी महिला, अपाङ्गता भएका र यौनिक अल्पसंख्यक रहेछन् भने उनीहरुलाई सम्पत्ति कर, व्यवसाय कर र घरबहाल करमा थप पाँच प्रतिशत छुटको व्यवस्था गरेको वित्त व्यवस्थापन महाशाखा प्रमुख विष्णु खनालले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई