ओलीप्रतिको क्रेज ह्वात्तै बढदै ,मैथिली समाजका अध्यक्षसहितको टोली एमाले प्रवेश
भक्तपुर, बैशाख ६ : केपी ओलीबिरुद्ध घेरावन्दी गरिएको मधेसमा अहिले एमाले र ओलीप्रतिको क्र्ज ह्वात्तै बढेको छ । यही क्रममा धनुषालगायत मधेसका केही जिल्लाको राजनीतिमा निर्णायक प्रभाव राख्ने मैथिली ब्राह्मण समाजका अध्यक्ष भगवान झा नै नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट आएर आज साँझ अध्यक्ष झा एमालेमा प्रवेश गर्नुभएको हो । उहाँसँगै प्रसन्न कुमार झा र प्राध्यापक डा. विजय झा पनि एमालेमा प्रवेश गर्नुभएको छ । मधेस प्रदेशमा प्रभावकारी सञ्जाल रहेको मैथिली ब्राह्मण समाजले धनुषामा वृहत् पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्ने भएको छ ।
अध्यक्ष झाका अनुसार सञ्जालको २८ जिल्लामा संगठन रहेको छ । धनुषा,महोत्तरी र सर्लाहीमा बढी प्रभाव राख्ने सन्जलले महन्थ ठाकुरलई चुनाव जिताउन मुख्य भूमिका खेलेको थियो । झासहितका चर्चित हस्तीहरु एमाले प्रवेश गरेसँगै मधेशमा समीकरण फेरिएको छ । पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेल, नेता भानुभक्त ढकाल, मोति दुगड लगायतका नेता सहभागी हुनुहुन्थ्यो ।