एमाले संगठन बिभाग प्रमुख खगराज अधिकारीको यस्तो आयो स्टाटस


काठमाडौँ, ६ बैशाख : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संगठन बिभाग प्रमुख तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले अागामी निर्वाचनमा एक भोटले आफूलाई मालिक वनाउने कि दलाल अर्थतन्त्रका नाईकेहरुको भरिया वन्ने कुरा निर्धारण गर्ने बताउनु भएको छ ।

पूर्व गृहमन्त्री अधिकारीले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो ।

हेर्नुस अधिकारीको स्टाटस

लोकतन्त्रमा निर्वाचन नै नागरिकको भाग्य लेख्ने अवसर हो । हामीले एक भोट के मा, कसलाई र किन हाल्दैछौ ? भन्ने कुराले नै हाम्रो भाग्य र भविष्यलाई निर्धारण गर्दछ । सिद्वान्त नीति र कार्यक्रम नै कुनै पनि राजनीतिक पार्टीको पहिचान, गरिमा र सम्पत्ति हुन् । सिद्वान्त र त्यहि सिद्वान्तको प्रयोगले राजनितिक पार्टीहरु फरक हुन्छन् ।
नेकपा (एमाले) जनताको बहुदलिय जनवाद कार्यान्वयन गर्ने र सिद्वान्त अनुसार व्यवहार गर्ने पार्टी हो । नेपालमा यो मात्रै एउटा राजनीतिक पार्टी हो, जसको समाजवाद उन्मुख आर्थिक तथा सामाजिक विकासको मोडेल छ र निश्चित समयमा देशको मुहार फेर्ने कार्यक्रम छ ।
२१ औं शताब्दीको ज्ञानमा आधारित अर्थतन्त्रका आयामहरू विकास गरेर नयाँ उत्पादन सम्वन्धहरुको बिस्तार गरि हरेक गाउँ र टोलहरूलाई आर्थिक बिकास केन्द्रको रुपमा बिकास गर्ने यो पार्टीको बिकास मोडेल हो । हरेक नागरिकलाई उत्पादनका श्रोत तथा साधनहरुको मालिक बनाएर बजारमाथी नियन्त्रण गर्न सक्ने अाधार सिर्जना गर्ने यो पार्टीको बिकासको नीति हो ।
अागामी निर्वाचनमा तपाईको एक भोटले आफूलाई मालिक वनाउने कि दलाल अर्थतन्त्रका नाईकेहरुको भरिया वन्ने कुरा निर्धारण गर्ने भएकाले सदियौ देखिको समृद्वि र आत्मसम्मानको चाहना साकार पार्न नेकपा (एमाले)मा नै भोट हालाैं । सूर्य चिन्हमा छाप हानाैँ ।

प्रतिक्रिया दिनुहोस  
एमालेले समानुपातिक सांसदको टुंगो आज लगाउने

काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज

२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।

महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई