उपचारको क्रममा अस्पतालबाट फरार भएका थुनुवा पक्राउ


काठमाडौं, प्यारालाइसिसको बहाना बनाई उपचारको क्रममा वीर अस्पतालबाट फरार भएका थुनुवा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ कुञ्‍चोक करमडाँडा घर भएका ४५ वर्षीय राजेश तिरुवालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका तिरुवाले प्यारालाइसिस भएको भन्ने बहाना बनाई वीर अस्पतालमा भर्ना भई उपचारत रहेको अवस्थामा गत चैत २९ गते राति अस्पतालबाट भागी फरार भएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई बुढानिलकण्ठ नगरपालिका-१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने माधब गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-७ घर

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

अर्घाखाँची, आफ्नै श्रीमती ५० वर्षीया मनकला भुषालको हत्या गरेको अभियोगमा सितगंगा नगरपालिका-३ खसर्का बस्ने ५४

अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट करिब २० किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई शुक्रबार दिउँसो

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई