सत्तारुढ गठबन्धनको बैठकमा अझै कुरा मिलेन, आज फेरि बैठक बस्ने


काठमाडौं, वैशाख ७ गते : चुनावी तालमेलको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक अझै निष्कर्षमा नपुगेपछी बुधबार बिहान पुनः बस्ने भएको छ ।

मंगलबार करिब चार घण्टासम्म चलेको बैठकपछि बाहिरिनेक्रममा पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री कार्कीले छलफल सकारात्मक रुपले अगाडि बढेको तर निष्कर्षमा नपुगेको बताउनुभएको हो।

६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलबीच चुनावी तालमेलका लागि केही दिनयता शीर्ष नेतृत्व छलफलमा छ। सोमबारको गठबन्धन बैठकमा सहमति भएको र मंगलबार त्यसलाई अन्तिम रुप दिने बताइएको थियो।

मङ्गलबार बिहान साढे ११ बजे बस्ने भनिएको गठबन्धनको बैठक प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको कार्यव्यवस्तताका कारण दिउँसो २ बजे सारिएको थियो। त्यो बैठक एक घण्टा ढिला सुरु भएको थियो।

बैठकमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत गठबन्धनका शीर्षनेता सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई