एकैलय र तालमा नेकपा एमाले, १३ जनसंगठनको राष्ट्रिय अधिवेशनमा सबैमा सर्वसम्मत नेतृत्व चयन


काठमाडौं, बैशाख ७ : संसद्‌को सबैभन्दा ठूलो दल नेकपा एमालेको चितवनको सौराहामा दशौँ महाधिवेशन सम्पन्न भएपछी एउटै लय र एउटै तालमा देखिएको छ । त्यसयता भएका एमाले सम्बद्ध १३ जनसंगठनको राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय सदस्य तथा मोर्चा संगठन समन्वय संयन्त्रकी उपप्रमुख रचना खड्काका अनुसार चैत मसान्तसम्म ती जनसंगठनहरुको राष्ट्रिय अधिवेशन सम्पन्न भएको हो । मोर्चा संयन्त्रले थोरै सदस्यता भएका जनसंगठनहरुलाई यही वैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचनलाई ध्यानमा राखी चैत मसान्तभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । एमालेका २३ जनसंगठन छन् ।
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए)
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन(पिपिएलए) को दोस्रो राष्ट्रिय सम्मेलन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा २०७८ फागुन १४ गते काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले अधिवक्ता भोजराज आचार्यको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
मानवअधिकार एलायन्स
मानव अधिकार एलायन्स नेपालको पाँचौ राष्ट्रिय अधिवेशन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा पोखरामा सम्पन्न भएको छ । २०७८ फागुन २३ र २४ गते सम्पन्न राष्ट्रिय अधिवेशनले मीन बहादुर शाहीको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । अधिवेशन उद्घाटन समारोहमा उपमहासचिव पृथ्बीसुब्बा गुरुङ, स्थायी समिति सदस्य तथा मोर्चा संयन्त्र प्रमुख भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य तथा एलायन्सका इन्चार्ज पार्वत गुरुङसहितका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रेस चौतारी नेपाल
प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन २०७८ फागुन २७ र २८ गते पर्यटकीय नगरी पोखरामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । महाधिवेशनले गणेश बस्नेतको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
महाधिवेशन उद्घाटन समारोहलाई महासचिव शंकर पोखरेल, उपमहासचिव तथा चौतारीका ईन्चार्ज पृथ्बीसुब्बा गुरुङ, नेकपा (एमाले) की सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख विष्णु रिजालसहितका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
मुश्लिम इत्तेहाद संगठन
नेपाल मुश्लिम इत्तेहाद सङ्गठनको छैटौं राष्ट्रिय महाधिवेशन २०७८ चैत्र १२ र १३ गते काठमाडौंमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनले सिराज मोहम्मद फारुकीको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज
नेपाल उत्पीडित जातीय मुक्ति समाजको छैटौं राष्ट्रिय महाधिवेशन २०७८ चैत्र १५–१७ गते काठमाडौंमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनले मनोहर बि पौडेलको अध्यक्षतामा २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको राष्ट्रिय अधिवेशन
२०७८ चैत्र १५ र १६ गते रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न राष्ट्रिय अधिवेशनले पूर्व ब्रिगेडियर जनरल विनोद पाण्डेको अध्यक्षतामा केन्द्रीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । सम्मेलन उद्घाटन समारोहलाई पोलिटब्यूरो सदस्य तथा संगठनका ईन्चार्ज आनन्दप्रसाद पोखरेलसहितका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
नेपाल बुद्धिजीवी परिषद्
नेपाल बुद्धिजीवी परिषदको १० औं राष्ट्रिय अधिवेशन २०७८ चैत्र २० र २१ गते काठमाडौंमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न राष्ट्रिय अधिवेशनले डा. दिनेशचन्द्र देवकोटाको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएशन
प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएशनको नवौं राष्ट्रिय सम्मेलन २०७८ चैत्र २१ र २२ गते काठमाडांैमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले डा. सुरज लामिछानेको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय सम्मेलन २०७८ चैत्र २३ र २४ गते काठमाडांैमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न राष्ट्रिय सम्मेलनले एल. पी. सावाँ लिम्बुको अध्यक्षतामा २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
नेपाल भूमिहीन तथा सुकुम्बासी संगठन नेपाल
नेपाल भूमिहीन तथा सुकुम्बासी संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलन २०७८ चैत्र २४ र २५ गते बर्दियाको गुलरियामा सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले डा. शान्ता चौधरीको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको पाँचौं राष्ट्रिय सम्मेलन २०७८ चैत्र २५–२७ गते काठमाडौंमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनले डा. झलक शर्माको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । महाधिवेशनमा उद्घाटन समारोहमा सचिव तथा स्वास्थ्य विभागका प्रमुख योगेश भट्टराईसहितका नेताहरुले सम्मेलन सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल
लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपालको राष्ट्रिय सम्मेलन २०७८ चैत्र २६ गते काठमाडौंमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले मित्रलाल शर्माको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।
जनसांस्कृतिक महासंघ नेपाल
जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय महाधिवेशन २०७८ चैत्र १८ र १९ गते काठमाडांैमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न राष्ट्रिय अधिवेशनले प्रेमनाथ अधिकारीको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई