एमालेलाई कसैले पराजित गर्न नसक्ने उपमहासचिव गुरुङको ठहर


पोखरा । नेकपा (एमाले) उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा (एमाले)लाई कसैले पराजित गराउन नसक्ने बताउनु भएको छ ।
नेकपा (एमाले)गण्डकी प्रदेश संगठन कमिटीको आयोजना तथा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको व्यवस्थापनमा पोखरामा आयोजित स्थानीय तह निर्वाचन केन्द्रित प्रचार भेलामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘जनताको हितमा उल्लेख्य काम गर्दै अघि बढेको एमालेको लोकप्रियतादेखि आत्तिएर केही दलले गठबन्धन बनाएर चुनाव लड्ने तयारी गरेका छन्,’ उहाँले भन्नुभयो, ‘जनताको अभूतपूर्व समर्थन एमालेप्रति छ । जनताको मत र साथले जस्तासुकै गठबन्धनलाई पनि परास्त गर्न सकिन्छ ।’
उहाँले एमाले सरकारका पालाका काम र उपलब्धिहरुलाई जनतासामु लैजान आफ्ना कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । गुरुङले एमालेका बिगतका संघीय र प्रदेश एबम स्थानीय तहका जनप्रतिनिधिको काम अब्बल रहेको र अब आउने सरकारले ती कामको प्रचारसहित नयाँ विकासका योजनाका स्पष्ट मार्गचित्र प्रस्तुत गरेकोले सबैको आशा–भरोसा एमाले नै भएको बताउनुभयो । ‘देशका कुना–कुनाबाट विभिन्न पार्टी परित्याग गरि विकासप्रेमी जनताहरु हाम्रो पार्टीमा समाहित हुने क्रम तिब्र बनेको छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा गुरुडले कास्कीबाट पर्यटन ब्यबसायी क्षेत्र बहादुर गुरुङ ,सुक बहादुर परियार,शम्सेर बहादुर मौरति ,राजकुमार मौरती,सन्त बहादुर बि क,बिशाल परियार ,भिम बहादुर गुरुङ, बिर बहादुर गुरुङ,रामजी सनिया,होम बहादुर परियार लगाएत दर्जन बढी कार्यकर्तालाई लाई एमालेमा स्वागत गर्नुभयो । । उहाँहरु सबै ने क पा (एकीकृत समाजबादी) पार्टी परित्याग गरि एमाले प्रवेश गर्नुभएको हो ।

प्रचार भेलामा नेकपा एमाले गण्डकीका अध्यक्ष नबराज शर्मा, एमाले गण्डकीका उप–सचिब एवं गण्डकीका प्रचार बिभाग प्रमुख रश्मि आचार्य,के न्द्रीय प्रचार बिभाग सदस्य निर्मला शर्मा, गण्डकीका प्रचार बिभाग उप– प्रमुख पुण्य पौडेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डेलगायतले स्थानीय तहको निर्वाचनमा प्रचार रणनीति र गर्नुपर्ने कार्यको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
विवादित नागरिकता विधेयक राष्ट्रपतिद्धारा संसदमै गरेपछी पुर्व महान्यायधिवक्ता बडालको यस्तो आयो स्टाटस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएपछी पुर्व महान्यायधिवक्ता रमेश बडालले

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । आइतबार साँझ

२०७९ साउन ३० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग

सम्पती सबै देशका नाममा दिएको छु अन्य आम्दानीको स्रोत छैन : अध्यक्ष ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पती देशका नाममा दिएको बताउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई