एमाले सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू
काठमाडौ । नेकपा (एमाले)को बिहिबार बसेको केन्द्रीय सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
बैठकमा पार्टीको ७४ औं स्थापना दिवस भब्य रुपमा मनाउने तयारीदेखि महानगर र उपमहानगरपालिकाका प्रमुख—उपप्रमुखका उम्मेद्वार छनोट सम्वन्धमा छलफल भएको थियो ।
पार्टी उपमहासचिव प्रदीप कुमार ज्ञवालीका अनुसार बैठकले शुक्रबार पार्टीको ७४ औं स्थापना दिवस भब्य रुपमा मनाउने निर्णय गरेको छ । त्यस्तै बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेद्वारहरुको छनौटबारे छलफल शुरु भएको छ ।
जसअनुसार महानगर र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार छनोट बैशाख १० गते हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार सचिवालय बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेद्वार सिफारिस गरेका नामहरूबारे सामान्य छलफल भएको थियो ।
बैठकले सामान्यतया बिशेष अवस्था र सम्भावनालाई ख्याल गर्दै गण्डकी र लुम्बिनी प्रदेश सांसद्हरुलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय गरेको पनि उहाँले जानकारी गराउनुभयो ।
सचिबालयको अर्को बैठक बैशाख १० गते बस्नेछ ।