विभिन्न हातहतियार सहित पक्राउ
महोत्तरी, बर्दिबास नगरपालिका-१३ बिजलपुरा डाँडाटोल बस्ने २८ वर्षीय लालबाबु भण्डारीलाई १ थान पेस्तोल र १ थान मिसफायर भएको गोली सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भण्डारीले पेस्तोल लिई बिबाहको गाडी तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरही र प्रहरी चौकी हात्तिलेटबाट खटिएको प्रहरीतर्फ लक्षित गरी भण्डारीले फायर गर्दा मिसफायर भएपछि तत्काल उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
सिन्धुली, दुधौली नगरपालिका-११ श्रीपुर गाउँ बस्ने ४५ वर्षीय दिल बहादुर राईको घरबाट १ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले उनको घरमा लोड गरी राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । हाल फरार राईको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।