एमाले वलियो शक्तिका रुपमा स्थापित भएकै कारण कमजोर शक्तिहरुले गठबन्धन बनाएर प्रतिस्पर्धा गर्न खोजे : अध्यक्ष ओली


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अपनाइरहेको सिद्दान्त जनताको बहुदलीय जनवाद नै आजको माक्र्सवाद, लेनिनवाद, सिद्दान्त, नीति, विचार र अबको बाटो भएको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७४ औं वर्षगाँठका अवसरमा शुक्रवार पार्टी कार्यालय तुल्सीलाल अमात्य प्रतिष्ठान च्यासलमा आयोजित विशेष समारोहलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताउनु भएको हो । ‘जनताको बहुदलीय जनवाद आजको माक्र्सवाद, लेनिनवाद हो,’ उहाँले भन्नुभयो, ‘सिद्दान्त, नीति, विचार र आजको बाटो हो । यो त्यतिकै अकारण भनेको होइन, अर्थपूर्ण ढंगले नै भनिएको हो ।’ उहाँले नेपाल राष्ट्रको सही विचार जबज र राष्ट्रलाई सही ढंगले नेतृत्व गर्ने पार्टी एमाले नै भएको पनि प्रष्ट पार्नुभयो ।

ओलीले एमाले नै नेपालकोे पहिलो पार्टी प्रजापरिषद्को उत्तराधिकारी पार्टी भएको दाबीसमेत गर्नुभयो । ७४ वर्ष पार गर्दा एमाले घरघरमा मात्र नभई नेपालीहरुको मनमनमा पुगिसकेको उहाँको भनाई थियो । त्यही लोकप्रियताबाट अतालिएर सरकारबाट हटाइएको पनि उहाँले बताउनुभयो । ‘आजको एमाले घरघरमा मात्र होइन, जनताको मनमनमा पुगेको छ । संसारको जुनसुकै कुनामा भएका नेपालीको मनमा पनि पनि पुगेको छ,’ ओलीले भन्नुभयो, ‘त्यही भएर एमालेलाई सरकारबाट जालझेल गरेर हटाइएको छ । तर, हामी खुशी छौं, किनभने हामी जनजनका मनमा छौं, यो एमालेको सफलता हो ।’

ओलीले एमाले वलियो शक्तिका रुपमा स्थापित भएकै कारण कमजोर शक्तिहरुले गठबन्धन बनाएर प्रतिस्पर्धा गर्न खोजेको बताउनुभयो । उहाँले भ्रष्ट्राचार गर्नेहरुले नै एमालेविरुद्ध आरोप लगाएर जनताबाट अलग गराउन खोजेको पनि आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई