काठमाडौं महानगरको मेयरमा केशव स्थापित र सुनिता डंगोललाई उम्मेदवार बनाउने एमालेको निर्णय
काठमाडौं, १० बैशाख : नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयर सुनिता डंगोललाई उम्मेदवार बनाउने एमालेको निर्णय भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट आएको सिफारिसमध्येका स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
डंगोलले यसअघि स्वतन्त्रबाट मेयरमा लड्ने घोषणा गर्नुभएको थियो ।