काठमाडौंको उप–मेयरको उम्मेदवार बन्न पाउनु गर्वको कुरा हो : सुनिता डंगोल


काठमाडौं बैशाख ११ : स्वतन्त्र रुपमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोलले एमालेबाट उपमेयर पद स्वीकार गरेकी छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै डंगोलले सूर्य चिन्हमा मतदान गरी आफूलाई र एमालेका सबै उम्मेदवारहरुलाई विजय गराउन आह्वान गरेकी छन् ।

उनले एमालेले आफूलाई विश्वास गरेर उप–मेयरको जिम्मेवारी दिनु भनेको युवा, महिला, सामाजिक–साँस्कृतिक अभियन्तालगायत सम्पूर्ण काठमाडौंबासीको भावना प्रतिनिधित्व हुने गरी युवालाई उपहार दिइएको दाबी गरीन् ।

‘नेकपा(एमाले) जस्तो दर्विलो संगठन भएको जनतालाई मनपर्ने सबैभन्दा ठूलो पार्टीले मलाई विश्वास गरेर उप–मेयरको जिम्मेवारी दिनु भनेको मलाई मात्रै होइन युवा, महिला, सामाजिक–साँस्कृतिक अभियन्ता लगायत सम्पूर्ण काठमाडौंबासीहरुको भावना सबैको प्रतिनिधित्व हुने गरी युवाहरुलाई उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठानेकी छु ।

यो मलाई प्रतिनिधि पात्रका रुपमा उभ्याएर पार्टीले म जस्ता क्रियाशील युवाहरु, म जस्ता दक्ष महिलाहरु, सामाजिक–साँस्कृतिक अभियन्ताहरु सबैलाई गरेको सम्मान हो ।’ जारी विज्ञप्तिमा उपमेयरकी उम्मेदवार डंगोलले भनेकी छन्, ‘अहिले उप–मेयर पदको उम्मेदवार बन्दै गर्दा मात्रै होइन तपाईहरुकै माया र आशीर्वादले निर्वाचन जितेर आउँदै गर्दा पनि म तपाईहरुले म माथि गरेको विश्वार र भरोसालाई कुठराघात गर्ने छैन ।

तपाईहरु सबैको शीर कहिल्यै पनि झुक्न दिने छैन । तसर्थ यो प्रतिबद्धता व्यक्त गर्दै म आदरणीय सम्पूर्ण जनसमुदायलाई सूर्य चिन्हमा मतदान गरी नेकपा(एमाले)को सबै उम्मेदवारहरुलाई अत्यधिक मतले विजय गराउन अनुरोध गर्दछु ।’

उनले विज्ञताको कदर गर्ने,अनुभवीहरुलाई सम्मान गर्ने र युवाका आवाजलाई समेटेर समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने प्रष्ट लक्ष्यसहित अघि बढेको तथा जनताको लोकप्रिय पार्टीका रुपमा नेकपा(एमाले)लाई पाएको स्पष्ट पारिन् ।

काठमाडौं महानगरपालिकाबाट मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेको स्मरण गर्दै उनले आफ्नो घोषणाले आफू जन्मेको माटो र हुर्केको ठाउँका लागि केही गर्नुपर्छ भन्ने अदम्य आँट, हिम्मत, उत्साह र थप साहस प्राप्त भएको उल्लेख गरिन् ।

राजनीतिमा आफ्नो पहिलो खुट्किलो भएको बताउँदै उनले राजनीतिकै माध्यमबाट जनताको सेवा गर्दै जाने बताइन् । डंगोलले भनिन्,‘मप्रति अथाह स्नेह राख्ने मतदाता र शुभेच्छुकका लागि मैले इमान्दारीतापूर्वक भन्नै पर्ने हुन्छ राजनीतिमा मेरो यो पहिलो खुट्किलो हो । मैले राजनीतिकै माध्यमबाट निकै लामो यात्रा तय गरेर जनताको सेवा गर्दै जानु पर्दछ ।

मैले पटक पटक भनेकी थिएँ म बहुदलीय व्यवस्थामा विश्वास गर्ने नागरिक हुँ । त्यसैले मैले मेयर पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा पनि युवाको आवाज बुझ्ने, साँस्कृतिक–सामाजिक अभियन्ताको आवाज बुझ्ने दलसँग सहकार्य गर्न सकिन्छ भन्दै साना ठूला पार्टीसँग मेरो निरन्तर रुपमा सम्पर्क भैरहेको तथ्य प्रष्ट भनेकी थिएँ ।’

उनले आफ्नो उद्देश्य काठमाडौंलाई सांस्कृतिक नगर तथा राजधानी सहरको रुपमा साँचिकैको काठमाडौं बनाउने भएको बताइन् । डंगोलले पदलाई भन्दा आफ्नो लक्ष्यलाई ठूलो ठान्दै एमाले र सो पार्टीका अध्यक्ष तथा शीर्ष नेतृत्व तहको विश्वासलाई आभार व्यक्त गरेकी छन् ।

उपमेयरको उम्मेदवार बनेकी सुनिता ’मिस नेवा २०११’ की विजेता हुन् । ३० वर्षीया डंगोलले ’सोसियल वर्कमा’ स्नातकोत्तर गरेकी छन् । मेयरको उम्मेदवारी घोषणा गरेर उनले ८ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेकी थिइन् । साथै चुनावी प्रचार पनि थालेकी सुनितालाई एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले उपमेयरको टिकट दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई