एक्सनमा सरकार- बर्षा रोकिएसँगै बाढीपीडितको उद्धार र राहतमा तीव्रता


वर्षासँगै सिरहा सदरमुकामसहित गाउँ गाउँमा बाढीको कहर जारी रहँदा स्थानीय प्रशासनले विभिन्न निकायसँग समन्वय गरी आजदेखि उद्धार र राहतको कार्यलाई तीव्र बनाएको छ ।

आज बिहानदेखि वर्षा रोकिएपछि बाढीबाट बढी प्रभावित क्षेत्रमा बिहानैदेखि उद्धार र राहतसहितको टोली परिचालन गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताउनुभयो । वर्षा रोकिएको र बस्तीमा पनि पानीको सतह केही घटेकाले विभिन्न सङ्घसंस्था तथा निकायसँग समन्वय गरी उद्धार र राहतको टोलीलाई बाढी प्रभावित बस्तीमा पठाइएको हो । यस्तै बाढीबाट प्रभावित क्षेत्रमा औषधिसहितको चिकित्सकको टोली पनि पठाइएको छ भने बाढीमा पसेकाको उद्धारका लागि बस्तीमा सुरक्षाकर्मीको टोलीसमेत परिचालन गरिएको छ ।

विगत केही दिनदेखिको अविरल वर्षासँगै कमला र बलान नदीमा आएको बाढी बस्ती पस्दा सदरमुकाम सिरहासहित सिरहा नगरपालिकाका विभिन्न वडा तथा कल्याणपुर नगरपालिका, लहान नगरपालिका, मिर्चैया नगरपालिका, सुखीपुर नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिकाको अधिकांश गाउँ डुबानमा परेका छन् । कमला सिँचाइ आयोजनाले सिँचाइका लागि निर्माण गरिएका ‘एन्टी फल्ड सुलुस’ अधुरै छोड्दा त्यहीँबाट कमला नदीको बाढी गाउँमा पसेपछि सिरहा नगरपालिका– ६ बसबिट्टा, वडा नं १२ सारस्वर, सदरमुकाम सिरहा बजार, कल्याणपुर नगरपालिकाको कल्याणपुर नगरपालिका– १२ गम्हरियाकट्टीलगायत गाउँ बढी प्रभावित भएका छन् । ती बस्ती नै डुबानमा परेपछि त्यहाँका ५०० घर परिवार विस्थापित भएका छन् । बस्तीका अधिकांश घर डुबानमा परेको र बाढीका कारण सडकसमेत भत्किएकाले उद्धार र राहत वितरणमा समस्या भइरहेको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । यस्तै सिरहा नगरपालिका–६ स्थित बसपिट्टा टोलका ८० घरपरिवार बिस्थापित भएर सुरक्षित स्थानमा शरण लिन बाध्य भएका छन् । बस्तीमा करीब पाँच फिटसम्म पानी बग्न थालेपछि बस्तीका सबैलाई उद्धार गरी सुरक्षितरुपमा विद्यालयमा सारिएको छ ।

त्यस्तै भवारा नहरको पानी बस्तीमा पसेपछि सिरहाको लहान नगरपालिका– १ र २ मिलनचोकस्थित दलित बस्तीका ५० घरपरिवार विस्थापित भएका छन् । बस्ती डुबानमा परेपछि सुरक्षाकर्मीले स्थानीयलाई उद्धार गरी सुरक्षित लहानको सिंगराही मटियार्वास्थित आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको प्रअिज अधिकारीको भनाइ छ । लगातारको अविरल वर्षाले कमला, बलानलगायतका नदीमा जलस्तर अझै बढ्ने खतरा रहेकाले नदी आसपासका आम सर्वसाधारणमा अलर्ट जारी गरिएको छ भने सम्भावित खतरालाई मध्यनजर गर्दै सुरक्षाकर्मीलाई पनि अलर्ट रहन निर्देशन दिइसकेको छ ।

अविरल वर्षा र बाढीबाट पीडित सिरहाको लहान नगरपालिका वडा नं १ र २ का ३० घरपरिवारलाई आज लायन्स क्लब लहानले राहत वितरण गरेको छ । लहानस्थित भावारा नहरको बाँध भत्किएर डुबानमा परेर विचल्ली परेका दुवै वडाका ३० परिवारलाई लायन्स क्लबले प्रतिपरिवारमा २५ किलो चामल वितरण गरेको हो । नहरको बाँध भत्किएपछि ती दुवै वडाका दलित बस्ती विस्थापित भई लहानको सिंगराही मटियर्वास्थित जनता आधारभूत विद्यालयमा बस्दै आएका छन् । यस्तै बाढीबाट सो ३० परिवारलाई लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले पीडितलाई लगाउने लुगा, खाद्यान्न तथा पानी वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई