मध्यरातमा मन्त्री रामकुमार झाँक्रीको कडा ट्विट ,गठबंधनकासँग एक दिन हिसाव मिलान गर्नुपर्ने छ !
काठमाडौँ, बैशाख १२ : नेकपा एकीकृत समाजवादी पार्टीकी नेता एवं सहरी विकास मन्त्री रामकुमार झाँक्रीले गठबन्धन सन्तोषजनक र सम्मानजन नभएकोमा असन्तोष व्यक्त गर्नुभएको छ । सामाजिक ट्विटमा एक ट्विट गर्दै उहाले उक्त कुरा बताउनु भएको हो ।
स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा सम्मानजनक भाग नमिलेको भन्दै नेकपा एकीकृत समाजवादी केही जिल्लामा बाहिरिंदै गएपछि मन्त्री झाँक्रीको कडा ट्विट आएको हो ।
हेर्नुस झाँक्रीको ट्विट र त्यसमा आएका प्रतिकृयाहरू
गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्घनका दलहरूको विचमा हामीले आफै भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौ। हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। यो विचमा गठबंधनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने छ। बस !
चुनावपूर्वको गठबन्धन भनेको परिक्षामा चिट चोर्ने र चोराएर म प्रथम र तँ द्वितीय भन्ने पूर्व-सहमति र चुनावपश्चातको गठबन्धन भनेको तँ र म मिलेर हजम गरौँ भनेकै हो। वामपन्थ, मार्क्स, लेनिन, वीपी, ओली, देउवा, नेपाल, झाँक्री.. भने पनि हामी जनताले बुझेको कुरो यही हो। नेताले फरक बुझ्छन् र?
— रामेश (@RaameshKoirala) April 24, 2022
भरतपुर १२ ले देखाईदिन्छ कलमको हैसियत। 😂😂😂 जति देको छ त्यो हैसियत भन्दा साठ्ठीहजार गुना बढी हो। 😂😂😂
— गौरव (@Gk1402Chitwan) April 24, 2022
खै हामि सर्बसाधरण जनताले हेर्दा त तपाईंको दलले हैसियत भन्दा बढि पाएको जस्तो लाग्छ ।अनि एउटा कुरा शोध्न मन लाग्यो मन्त्रि ज्यु पहिला त फलानो मन्त्रिले यति कमिशन खायो भनेर खुबै बोल्नुहुन्थ्यो तपाईं ।मन्त्रि भए पछि म कमिशन खादिन भनेर सार्बजनिक घोसणा गरेको त सुनिएन ।
— Matrika Sharma (@dr_matrika) April 25, 2022
गठबन्धनले होइन सम्मान दिने जनताले हो ! चुनावको नतिजा कुर्नुहोला !! कांग्रेस र माओबादीको बैसाकी टेकेर पार्टी बन्दैन, अब चुनाव पछि एमालेमा फर्किनुको बिकल्प छैन !!
— Chiran Sharma (@chiranuk) April 24, 2022
यस्तो नरम लेखाइले भएन । फेरि एकपटक मुखबाट टेप निकालेर शेरबहादुर देउवा र पुष्पकमल दाहालका विरुद्धमा भाषण गर्नुपर्यो दिदी !
— Bimal Pokharel (@bimalwin) April 24, 2022