काठमाडौं महानगर प्रमुखमा काँग्रेसका सिर्जना सिंहको उम्मेदवारी दर्ता


 

काठमाडौं, वैशाख १२ गते : नेपाली काँग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । साथै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का नेता रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

सिंह काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती हुनुहुन्छ । सर्वोच्च नेता गणेशमान सिंहकी बुहारी सिर्जना सिंह लामो समयदेखि काठमाडौं काँग्रेसमा क्रियाशील हुनुहुन्छ ।

काठमाडौं महानगरमा सत्तारुढ दल काँग्रेस र समाजवादीबीच प्रमुख र उपप्रमुख पदमा तालमेल गर्ने सहमति भएअनुसार सिंह र श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको हो । नेत्री सिंह पार्टीका नेता तथा कार्यकर्तासहित जुलुस लिएर राष्ट्रिय सभा आइपुग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई