एमाले उम्मेदवार कहाँ कहाँ भए निर्विरोध
काठमाडाै बैशाख १३ : डोल्पा जिल्लाको से-फोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका धावासम्डुक लामा,सोही गापाका वडानम्बर १, का वडाध्यक्ष जिक्मेछोइङ लामा,३ मा पेमागिर्मे गुरुङ, ५ मा कार्मातार्के गुरुङ, ६ मा रिग्जिन गुरुङ, ७ मा पेमाछिरिङ गुरुङ र ९ मा सार्के लामा सहित अन्य सस्दस्यहरु निर्बिरोध निर्वाचित हुनुभएको छ ।
यसैगरी डोल्पाकै छार्काताङ्सोङ गाउँ पालिकाको उपाध्यक्षमा पनि एमाले उम्मेदवार निर्बिरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ ओलाङचुङगोलामा एमालेका वडाध्यक्ष उम्मेदवार छेतेन शेर्पा निर्विरोध निर्वाचित हुनुभएको छ ।