वीपी कोइरालाको सालिकमा माल्यार्पण गर्दै एमालेका विजय सुवेदीले थाले चुनावी अभियान


चितवन बैशाख १३ : सर्वाधिक चासो रहेको चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदीले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।
मनोनयन दर्ता गरेपछि उहाँले भरतपुरलाई पूर्वाधार र सामाजिक जीवनका दृष्टिले उत्कृष्ट सहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सुवेदीको प्रस्तावक देवी ज्ञवाली र समर्थक कृष्णभक्त पोखरेल रहनुभएको छ ।
एमाले र राप्रपाबीच चुनावी तालमेल भएअनुसार भरतपुर महानगरको उपमेयरमा राप्रपाबाट उम्मेदवारी दिइएको छ ।

उम्मेदवारी दर्ता गराउनु अघि नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार विजय सुवेदीले मदन–आश्रति र वीपी कोइरालाको सालिकमा माल्यार्पण गर्नुभएको छ । सुवेदीले एमालेको भरतपुरस्थित पार्टी कार्यालयमा रहेको मदन भण्डारी, जीवराज आश्रितको सालिक र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको वीपी कोइरालाको सालिकमा माल्यार्पण गर्नुभएको हो ।
सुवेदीले पार्टी कार्यालयमै २०६२÷०६३ को जनआन्दोलनमा चितवनमा शहीद भएकी तुलसी क्षेत्रीका छोरालाई सम्मान गर्दै आशिर्वाद लिनुभएको छ ।
कांग्रेसका संस्थापक नेता कोइरालाको सालिकमा माल्यार्पण गरेर सुवेदीले कांग्रेसका मतदाताको ध्यान तान्नुभएको छ । उहाँले भरतपुरमा काँग्रेसका मतदातालाई आकर्षित गर्न घरदैलो अभियानलाई पनि तीब्रता दिँदै आउनुभएको छ ।
सुवेदीले नेकपा एमाले चितवनको तीन पटक नेतृत्व गरिसक्नुभएको छ । साथै वाग्मती प्रदेशका पूर्वमन्त्री पनि हुनुहुन्छ । सुवेदी अहिले एमाले वाग्मती प्रदेश कमिटीका सचिव हुनुहुन्छ ।
चितवनको राजनीतिक, स्वास्थ्य, शिक्षा र समग्र विकासमा मेयरका उम्मेदवार विजय सुवेदीले निर्वाह गरेको भूमिका अतुलनीय छ । जीवनलाई सधैं जनताको पक्षमा समर्पित गर्ने सुवेदी अहिले प्रदेशको सांसद, मन्त्रीपछि महानगरको मेयरको प्रतिस्पर्धामा मैदानमा उत्रनुभएको हो ।
सुवेदीले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनका लागि आवश्यक रकम जुटाउन गरिएको धनधान्याञ्चल महायज्ञको संयोजक भएर काम गर्नुभएको थियो ।
त्यस्तै भरतपुर महानगरपालिका–११ को गणेशस्थानलाई गणेशधाम बनाउने भिजन पनि नेता सुवेदीकै थियो । उहाँ गणेशधाम संरक्षण र सम्वद्र्धन समितिका संरक्षक हुनुहुन्छ ।
भरतपुर महानगरपालिकामा रहेको अतिक्रमणको चपेटामा परेको नहरलाई व्यवस्थित गरेर डुङ्गा सञ्चालन गर्ने सोच पनि सुवेदीले ल्याउनुभएको हो ।
दासढुङ्गामा मदन–आश्रित पार्क र जलमार्ग निर्माणको काम नेता सुवेदीकै सोच अनुसार डीपीआर निर्माण गरिएको छ । । सधै नागरिकको जीवन र जनसरोकारका विषयमा घुलमिल भएर काम गरिरहने सुवेदी चितवनको आधुनिक विकासका अभियन्ता हुनुहुन्छ ।

२०२० साल चैत ५ गते क्याकमि–४, चाङसिङ्ग, स्याङ्जामा जन्मिनुभएका सुवेदीले चितवनको माटोमा रहेर राष्ट्र, समाज र जनताका लागि धेरै पसिना बगाउनुभयो । धेरै जेलनेल भोग्नुभएका उहाँले आन्दोलनको क्रममा रगत पनि बगाउनु परेका प्रशस्त उदाहरण छन् ।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई