गठबन्धन भित्र माधव नेपालको उपयोगिता सकिएको छ : पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धन भित्र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको उपयोगिता सकिएको बताउनु भएको छ ।
स्थानीय तहको निर्वाचनको उम्मेदवारीका क्रममा माधव नेपालको समूहलाई कांग्रेस र माओवादी केन्द्रले पार्टीका रूपमासमेत स्वीकार नगरेर उपयोग मात्रै गरेका पछिल्ला घटनाक्रमबाट पुष्टि भएको पोखरेलले बताउनुभयो ।
उम्मेदवारी दर्तासँगै माधव नेपाल समूह भ¥याङ मात्रै बनेको र माओवादी केन्द्रको हैसियत सानो पार्टीमा परिणत हुने अबस्थाबनेको उहाँको विश्लेषण छ ।
‘सत्तारुढ गठबन्धन भित्र माधव नेपालको समूहलाई शेरबहादुर देउवाले टेर्न छोडेका छन्, एमाले केन्द्रीय सम्पर्क विशेष समन्वय कमिटी द्वारा सम्पर्क मञ्चका नेता–कार्यकर्ताका लागि मंगलवार आयोजित अभिमुखीकरण कार्यक्रममा पोखरेलले भन्नुभयो,‘एमालेलाई विभाजन गर्नुथ्यो, विभाजन भइहाल्यो अब उनको उपयोगिता पनि सकियो भन्ने घटनाक्रमले देखाएको छ ।’
कांग्रेससँग गठबन्धन गर्न पुग्दा माओवादी केन्द्रको समेत राष्ट्रिय राजनीतिमा हैसियत सानो पार्टीका रूपमाखुम्चिने स्थिति बनेको उहाँको भनाई छ ।
‘तपाईंहरूले देशभरिको उम्मेदवारी दर्ताको अबस्था हेर्नुभयो होला, उम्मेदवारी नै २५ प्रतिशतदर्ता गर्छ भने त्यो पार्टीको हैसियत राष्ट्रिय राजनीतिमा के हुन्छ होला?’
महासचिव पोखरेलले भन्नुभयो,‘अब माओवादीले छुट्टै चुनावको घोषणापत्र सार्बजनिक गर्ने हैसियत समेत गुमाइसकेको छ, कांग्रेसको छाता समाएर शेरबहादुर देउवाको छत्रछायाँमा हुर्किने कोशिस गर्ने जमातमा परिणत हुँदै गएको छ ।’
एमाले वलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित हुँदै गएकै कारण सत्ताधारी दलहरू एकठाउँमा उभिएर गठबन्धन बनाएको बताउँदै उहाँले भन्नुभयो– गठबन्धनको जग नै कमजोर भएकाले उनीहरूका बीचमा तलतल सम्म धेरै असन्तुष्टि र निराशा छताछुल्ल भएको छ ।
‘एमाले बलियो शक्तिका रूपमा स्थापित हुँदै गएको र सत्ता गठबन्धनमा रहेका दलहरू कमजोर हुँदै जाँदाको परिणाम होला उनीहरू एकै ठाउँ उभिएका छन् तर उनीहरूको न विचार न सिद्धान्त, न त कार्यशैली मिल्छ, स्वार्थहरू नै मिल्दैनन्’ पोखरेलले भन्नुभयो, ‘त्यसैले माथिबाट जतिमिल्ने कुरा गरे पनि तल मिल्न सकेका छैनन्, निराशा र असन्तुष्टि मात्रै पोखिरहेका छन्, त्यसैले नीतिगत स्पष्टता पनि नभएको, जगै कमजोर भएको गठबन्धनले मुलुकको नेतृत्वगर्नै सक्दैन भन्ने तथ्यजनतालाई बुझाउनुपर्छ ।’
पोखरेलले राष्ट्रिय राजनीति भीषण वर्ग संघर्षबाट गुज्रिरहेको बताउँदै दक्षिणपन्थी पुँजीवादी शक्तिको नेतृत्व कांग्रेस र समाजवाद सम्म पुग्ने वाम शक्तिको नेतृत्वएमालेले गरिरहेको बताउनुभयो ।
देशलाई स्थिरता दिनबलियो शक्तिका रूपमाएमालेले चुनाव जित्नुपर्ने उहाँको भनाई थियो । अहिलेको यो ध्रबीकरणमा एमाले राष्ट्रिय पार्टीको हैसियतबाट माथि उठेर बलियो राष्ट्रिय शक्तिका रूपमा स्वीकार्य हुँदै गएको सुःखद तथ्य चुनावमा लैजान र त्यस अनुसार नै पार्टीलाई स्थापित गर्ने काममा खटिन उहाँले कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
‘जति धेरै दलउति धेरै राजनीतिक अस्थिरता, जति धेरै दल उति धेरै वैदेशिक चलखेल, जति धेरै दल उति धेरै अराजकता र निराशा, त्यसैले अब हामी अरू धेरै दलदलमा फस्न जरूरी छैन, जनताले पनि यो कुरालाई महशुस गरिसकेका छन्’ पोखरेलले भन्नुभयो, ‘अब बलियो शक्तिको विकासका लागि जनताको बहुदलीय जनवादको मार्ग दर्शनमा समाजवादको आधार खडा गर्न एमालेलाई बलियो शक्तिका रूपमा स्थापित गर्नेगरी चुनावमा लाग्न जरूरी छ ।’
पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वाधीनता बलियो बनाउने, मुर्झाएका सपना ब्युँझाउँदै देशलाई समृद्धिको युगमा प्रवेश गराउने, सन्तुलित विदेश नीति अख्तियार गर्ने, तराई–मधेसमा आशा जगाएर जीवनस्तर उठाउने, पूर्वाधार विकासलाई तीब्रतादिने, देशको अर्थतन्त्र बलियो बनाउने लगायत दर्जनौं सकारात्मक कामको नेतृत्व एमालेले नै गरेको चर्चा गर्नुभयो । गठबन्धन सरकार बनेपछि जनताले धान्नै नसक्नेगरी महंगीबढेर ४ प्रतिशतबाट ७ प्रतिशत पुगेको, व्यापार घाटा कैयौं गुणा बढेको, वैदेशिक रोजगारीमा जाने बढेको तर रेमिट्यान्ट घटेको उहाँको भनाई छ ।
‘एमाले नेतृत्वको सरकार हुँदा वैदेशिक रोजगारीमा जाने घटेको थियो तर रेमिट्यान्स भित्रिने क्रम बढ्दो थियो तर गठबन्धन सरकार बनेपछि ठीक उल्टो बैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दाबढ्दै रेमिट्यान्स भित्रिने क्रम घट्दो छ, त्यसैले यो सरकार अबैध अर्थतन्त्रको मतियार हो ।’ महासचिव पोखरेलले भन्नुभयो ।
कार्यक्रममा केन्द्रीय सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्याम बस्नेत, केन्द्रीय सदस्य कल्पना थापा लगायतले सम्बोध नगर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस  
कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

५ सय ५५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते

काठमाण्डाै : अहिलेसम्म ५ सय ५५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहको ८ न वडामा अग्रता

  काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ न वडामा अग्रता

२०७९ जेठ ६ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई