नेता कोइरालाले कांग्रेसले टिकट वितरणमा आर्थिक अनियमिमताको दोष लगाएपछी पूर्वमहान्यायाधिवक्ता रमेश बडालको यस्तो आयो स्टाटस


काठमाडौं, बैशाख १४ : नेपाली कांग्रेस नेता शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आर्थिक चलखेल र अनियमिमता भयो भन्दै वक्तव्य दिएपछी पूर्वमहान्यायाधिवक्ता रमेश बडालले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भविष्यका भ्रष्टाचारका संवाहकलाई जनताले पराजित गर्नुपर्ने बताउनु भएको छ ।

सामाजिक सन्जाल फेसबुकमा एक स्टाटर्स लेख्दै बडालले उक्त कुरा बताउनु भएको हो ।

कांग्रेस नेता कोइरालाले राज्य र पार्टी संयन्त्र दुरुपयोग गरी धेरै नेता र कार्यकर्ताहरूको राजनीतिक हत्या गर्ने षड्यन्‍त्र भएको भन्दै आज जारी गर्नुभएको विज्ञप्ति‍मा पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर धेरैको राजनीतिक हत्या गर्ने षड्यन्त्र भएको उल्लेख छ । ‘सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन् । कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षड्यन्त्र पनि भएका छन् । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ,’ कोइरालाले भन्नुभएको छ ।

नेता कोइरालाले टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो भन्दै प्रश्‍नसमेत गर्नुभएको छ । बिज्ञप्तीमा भनिएको छ, , ‘कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षासमेत गरिने छ भनेर म साथीहरुलाई विश्वस्त पार्न चाहन्छु ।’

कांग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक योग्य र सक्षम नेतारकार्यकर्ताहरुलाई टिकट वितरणमा समानरुपले नेतृत्वले न्याय गर्न नसकेको पनि विज्ञप्तिमा उल्लेख छ । टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने कुरा आफूले बारम्बार उठाए पनि ध्यानपूर्वक नसुनिएको कोइरालाको भनाई छ । टिकट वितरण कार्यमा जिम्मेवारी पाएकाहरूले पार्टी कार्यकर्ताहरु प्रति समानरुपले न्याय गर्न नसकेको पनि उहाँको निश्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको

अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस

  काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई