एमालेलाई सत्ताको नभई देशको चिन्ता छ : उपाध्यक्ष पौडेल


 

बुटवल । आसन्न स्थानीय तहको चुनावमा खटिएका नेता कार्यकर्ताहरूलाई निर्देशन दिंदै एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देश विकासको प्रष्ट खाका र योजनाको सूचि लिएर मतदाताको घरदैलोमा पुग्न आग्रह गर्नु भएको छ ।
एमालेलाई सत्ताको नभई देशको चिन्ता रहेको उल्लेख गर्दै नेता पौडेलले देश बनाउने कार्यक्रम कार्यान्वयनका निम्ति जनताबाटै चुनिएर मात्रै एमाले सरकारमा जाने प्रष्ट पार्नुभयोे । एमाले सैनामैनामा उम्मेदवार अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता पौडेलले एमालेको नेतृत्वमा भएका कार्यहरूको सूचि र नयाँ योजनाको फेहरिस्त लिएर जनतामा जान निर्देशन दिनुभयो ।
उपाध्यक्ष पौडेलले भन्नुभयो–आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले शानदार जित हासिल गर्ने छ ।
नेता पौडेलले एमालेको नीति, कार्यक्रम, सरकारमा जाँदा एमालेले गर्ने कामको सबै सन्देश जनतामा पु¥याउनु आग्रह गर्दै नेता पौडेलले जनादेश एमालेकै पक्षमा आउने बताउनुभयो । प्रतिपक्ष दलविरुद्ध सत्तारुढ दलले गठबन्धन दुनियाँमा कहीँ नभएको चटक भएको उल्लेख गर्दै नेता पौडेलले चुनाव हार्ने डरले सत्ता गठबन्धनले अहिले पनि अनेक तिगडम र षड्यन्त्र गरिरहेको वताउनुभयो ।
सैनामैनामा एमालेले प्रमुखमा चित्रबहादुर कार्की, उपप्रमुखमा बिना रानालाई उम्मेदवार बनाएको छ । सैनामैनाको समृद्धिको आधार तयार पार्ने, तिनै आधारहरुलाई कार्यान्वयन गर्ने कार्यक्रम समेत बनाउने सफल र जनप्रियमेयरका रूपमा परिचित कार्कीले दोस्रो कार्यकालका लागि मेयरमा उम्मेदवारी
दिनुभएको छ । नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुसँगको अभिमुखीकरण कार्यक्रममा नेता पौडेलसहित पार्टीका पोलिटब्यूरो, केन्द्रीय, प्रदेश र जिल्ला कमिटीका नेताहरूले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई