प्रसन्न मन छैन : प्रम


प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आज यहाँ आयोजना गरेको विसं २०७५ राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार समर्पण समारोहलाई सम्बोधन संस्कृतिमन्त्रीसमेत रहनुभएका ओलीले गर्दै भाषिक– सांस्कृतिक एकताको सूत्रपात गर्ने आदिकविको २०६ औँ जन्मजयन्तीमा भारी मन लिएर भए पनि पूर्वनिर्धारित कार्यक्रममा उपस्थित भएको बताउनुभयो । “यहाँ आउनुअघि पनि राहत र उद्धारमा के गर्न सकिन्छ भन्ने काममै थिएँ, यहाँबाट फर्केपछि पनि त्यसमै लाग्छु, थप केही गर्नु छ कि भनेर ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । ऋषिमुनिको कालदेखि नै ‘सर्वे भवन्तु सुखिनः….’ भन्ने इच्छा गरिएकाले यो राष्ट्रिय आकाङ्क्षा बन्न पुगेको बताउँदै उहाँले हाल त्यसका लागि साधन एवं स्रोत दुवै भएको उल्लेख गर्नुभयो । सञ्चार, यातायात, पूर्वाधारलगायत साधनले त्यो लक्ष्य पूरा गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो । व्यक्तिले आफू बाँचिरहेको बेलामा नै योगदान गर्नुपर्छ भन्दै उहाँले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, धरणीधर कोइराला, सिद्धिचरण श्रेष्ठलगायत साहित्यकारले आफ्नो समयमा आवश्यकतानुसारको कीर्ति राख्नुभएको बताउनुभयो । सो अवसरम ासंस्कृति राज्यमन्त्री धनबहादुर बुढा र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यविधिअनुसार छनोट हुनुभएका ४२ स्रष्टालाई सम्मान गरिएको बताउनुभयो । भगत सर्वजित स्मृति प्रतिष्ठानका अध्यक्ष एवं सांसद छविलाल विश्वकर्माले उत्पीडितलाई मानव मर्यादामा स्थापित गर्न निरन्तर लागिपर्ने व्यक्तित्वका नाममा स्थापित भगत सर्वजित मानव मर्यादा पुरस्कार विसं २०७२ देखि वितरण शुरु गरिएको बताउनुभयो । महाकवि देवकोटा बाल एवं लोकसाहित्य पुरस्कारबाट सम्मानित जीवेन्द्रदेव गिरीले पुरस्कारले थप काम गर्ने उत्साह जागेको बताउनुभयो । बाँकी समाचार अर्काे बुलेटिन प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई