दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने २ जना पक्राउ


काठमाडौं,  दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर ठेचो बस्ने पर्सा वीरगञ्ज महानगरपालिका-५ घर भएका ३३ वर्षीय विकास तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय हरि बहादुर तामाङ रहेका छन् । विकासलाई बिहीबार काठमाडौं महानगरपालिका चुच्चेपाटीबाट र हरि बहादुरलाई शुक्रबार ललितपुर महानगरपलिका-४ जावलाखेलबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले काठमाडौं महानगरपालिका-१० शान्तिनगर बस्ने मोरङ रतुवामाई नगरपालिका-९ इटहरा घर भएका २० वर्षीय पुरुष समेत ५ जनालाई भिजिट भिषामा दुबई जान प्रतिव्यक्ति १ लाख ९० हजार रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु तथा मासिक ३ हजार दिराम तलब हुन्छ भनी प्रलोभनमा पारी जम्मा ९ लाख ५० हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको खुल्न आएको छ  ।

उनीहरुलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाएको छ ।

प्रतिक्रिया दिनुहोस  
पोखरा लगायतका ठूला सहरमा अन्तर्घातको खतरनाक ट्रेण्ड देखियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा लगायतका ठूला सहरमा मेयर हार्नुको कारण

काठमाडौँ महानगरको उपमेयरमा सुनिता डंगोल जित सुनिश्चित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल भारी मतका साथ अगाडि हुनुहुन्छ । नेकपा एमालेबाट

रवीन्द्र मिश्रले दिए विवेकशील साझाको अध्यक्षबाट राजीनामा ( प्रेस वक्तव्य )

काठमाडौं ११ जेठ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिनुभएको छ ।

काठमाडौं १८ मा एमालेको प्यानलै विजयी

काठमाडौं जेठ ११ : काठमाडौं महानगर– १८ को वडाध्यक्षमा नेकपा एमालेका न्हुछेकाजी महर्जन विजयी हुनुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई