२०७९ बैशाख १७ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष–मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ ।
वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
मिथुन–सुखद समाचारले उत्साह जगाउनेछ । धनलाभको योग पर्नेछ ।
कर्कट– खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ ।
सिंह– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।
कन्या– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
तुला– राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
वृश्चिक– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
धनु– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ ।
मकर– प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला ।
कुम्भ–साझेदारीसित सम्बन्धित काम बन्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछ।
मीन– नयाँ जिम्मेवारी थपिनेछ, पारिवारिक कठिनाइ हुनेछ ।