एमाले महासचिवको उदघोष


नेपालगञ्ज, बैशाख १७ । एमाले महासचिव शंकर पोखरेलले कांग्रेसको गढ र घरमा समेत एमाले जन्मिसकेको भन्दै अव बिजय यात्रालाई कसैले रोक्न नसक्ने उदघोष गर्नुभएको छ ।

एमालेका युवा, विद्यार्थी र महिलाको निर्वाचन परिचालनसम्बन्धी संयुक्त भेलालाई आज नेपालगञ्जमा सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस, माओवादी, राप्रपा र फोरमको घरभित्र पनि एमाले जन्मिसकेको बताउनु भयो ।

‘यो कांग्रेसको गढ हो । यो गढ माओवादीको हो । यो गढ त राप्रपा र फोरमको हो भनेर नसोच्नु होला । यो पाँच वर्षको अवधिमा हाम्रो पार्टीले गरेको कामको आधारमा, हाम्रो अध्यक्ष केपी शर्मा ओलीले गरेको कामको आधारमा कांग्रेसकै घरभित्र पनि एमाले जन्मिसकेको छ । माओवादीकै घरभित्र पनि एमाले जन्मिसकेको छ । राप्रपाको घरमा पनि एमाले जन्मिसकेको छ । त्यसैले हरेकका घरमा तपाईं जान जरुरी छ । कुनै घर नछोड्नु होला,’ महासचिव पोखरेलले भन्नुभयो ।

एमालेकै पालादेखि सामाजिक सुरक्षा भत्ता दिन शुरु भएको तथ्य राख्दै राम्रा काम जति एमाले सरकारले नै गरेको तर अहिलेको गठकन्धनले मुलुकलाई बर्वादीको दिशातिर लैजाने प्रयन्त गरिरहेको महासचिव पोखरेलले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जवानीमा कांग्रेस भएकाहरु पनि उमेर ढल्केपछि एमाले हुन्छ । यो निर्वाचन जसले टिकट पाए उनीहरुको मात्र हो भनेर बुझ्नु हुँदैन । यो चुनाव भनेको पार्टीको चुनाव हो । देशका पक्षको चुनाव हो । राष्ट्रका पक्षका चुनाव हो भन्ने मान्यताका आधारमा पार्टीका पक्षमा दृढतापूर्वक लाग्न आग्रह गर्न चाहन्छु ।’

कार्यक्रममा एमालेबाट नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार पशुपति दयाल मिश्र, उपप्रमुखका उम्मेदवार शान्ति ढकाललगायतले समृद्ध नेपालगञ्जका बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस  
सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेको मनोनयन दर्ता

काठमाडौं, माघ ४ । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ ।

शपथ लिएपछि राप्रपाका मन्त्रीहरु पशुपतिनाथ दर्शनमा

  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री हुनु भएकाहरू राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं, माघ ३ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागवण्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई