अध्यक्ष ओलीद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश


काठमाडौं, बैशाख १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तीनै तहको सरकारमा पुनःस्थापना हुने उदघोष गर्नुभएको छ ।आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थनसहित नेकपा एमालेलाई तीनै तहका सरकारमा पुनर्स्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्ने छौं,’ ओलीको सन्देशमा भनिएको छ । यस क्रममा अध्यक्ष ओलीले संवैधानिक संस्थाहरूलाई असंवैधानिक रुपमा दुरुपयोग गरी एमालेलाई सरकारबाट हटाइएको उल्लेख गर्नुभएको छ ।

‘यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हाम्रा पाइलामा अवरोध पुर्यायो’, अध्यक्ष ओलीको भनाइ छ ।

शुभकामनाको पूर्णपाठ

मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२२ को अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरुमाहार्दिक शुभकामना व्यक्त गर्दछु ।

हामीले वितेका १ सय ३२५वर्षदेखि मे १ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएका छौँ । काम गर्नेमाथि काम लगाउनेहरुको ज्यादतिकाविरुद्धसन् १८८६ मा अमेरिकाको सिकागोमा पहिलो संगठित मजदुर आन्दोलन भएको थियो । त्यस आन्दोलनमाथि भए भएको चरम दमनका विरुद्धे स्मरण गर्दैआठ घन्ण्टा काम, आठ घन्ण्टा मनोरञ्जन र आठ घन्ण्टा आरामको माग सहित सन् १८९०देखि र काम गर्नेमाथि काम लगाउनेहरुबाट हुने ज्यादतिको अन्त्य गर्न अन्तर्राष्ट्रियविश्वभरीश्रमिक दिवस मानाउँँदैदै आएका छौँ ।

पहिलो पटक वाष्प इन्जिनको आविस्कार र औद्योगिक युग सुरु भएपछि फ्रान्सको लियोँ शहरमा सन् १८३१ मा पहिलो मजदुर आन्दोलन भएको थियो । त्यसको ८८ वर्षपछि सन् १९१९ मा अन्तर्राष्ट्रिय श्रम संगठन बन्यो । त्यसको ४७ बर्षपछि मात्र नेपालले त्यसमा प्रवेश पायो । श्रमिक, रोजगारदाता र सरकारको त्रिपक्षीय संलग्नता रहने अन्तरर्राष्ट्रिय श्रम संगठनको नेपाल कार्यालय नेकपा (एमाले) नेतृत्वको अल्पमतको सरकार बनेपछिस्थापना भयो । र नेपाल ट्रेड युनियन महासंघ त्यसको प्रभावकारी र सक्रिय सदस्य रहंदै आएको छ ।

नेपालमा विसं २००३ सालमा पहिलो संगठित मजदुर आन्दोलन सुरु भयो । राणशाहीलाई श्रमजीवी जनतासँंग सम्ंझौता गर्न बाध्य पार्नेरत्यस आन्दोलनको हाम्रो पार्टी नेकपा (एमाले)त्यस गौरवशाली विरासतहाम्रो पार्टी नेकपा (एमाले) सँंग छ । हाम्रो पार्टीको वैचारिक मार्गदर्शनमा क्रियाशिील नेपाल ट्रेडयुनियन महासंघ (जिफण्ट) त्यही गौरबशाली आन्दोलनको वबाहकनेपालको पहिलो मजदुर आन्दोलनको निरन्तरता हो । एशियाका प्रभावशाली ट्रेड युनियनहरु मध्येमा गणना हुने जिफण्ट नेपालमाराष्ट्रिय मान्यता प्राप्त सबैभन्दा प्रतिनिधिमुलक शसक्त पहिलो ट्रेडयुनियन महासंघ हो ।

को नेतृत्वदायी भूमिका रहंदै आयो । हाम्रो पार्टीको अगुवाईमा संविधानसभाद्वारा निर्मित नेपालको संविधान२०७२ ले मौलिक हक र कर्तव्यमा श्रमिकका अधिकारको सुनिश्चित गरेको छ ।

नेकपा (एमाले) त्यस्तो पार्टी हो, जसको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरुका सरोकारहरुलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम ग¥यो ।हाम्रो पार्टीको अगुवाईमा संविधानसभाद्वारा निर्मित नेपालको संविधानले मौलिक हक र कर्तव्यमा श्रमिकका अधिकारको सुनिश्चित गरेको छ । नयाँ श्रम ऐन मार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताहरुका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चितता गरी त्यसहाम्रो पार्टीले औद्योगिक क्षेत्रमा अनावश्यक हड्ताल र संघर्ष गर्नु नपर्ने अवस्था सिर्जना गरेको छ ।

नेपालको श्रमिक आन्दोलनले यस दिवसलाई श्रमिकहरुको सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाएको छ । विगतका वर्षमा हाम्रो सरकारले उद्यमी तथा श्रमिक दुबै पक्षबीच उच्च समझदारी कायम गरेको थियो । त्यही समझदारीका कारण श्रमिकको न्यूनतम पारिश्रमिक इतिहासमै उच्च, ३९ प्रतिशतले बृद्धि भएको थियो । त्यसले नियमितजसो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रम क्षेत्रमा हडताल र तालाबन्दीको समस्या अन्त्य भएको थियो । फलस्वरुप हाम्रो अर्थतन्त्रले तीब्र विकासको लय समातेको थियो । हाम्रै सरकारले श्रमिकको पारिश्रमिक बंैकमार्फत भुक्तानी गर्ने र काम गर्दाको समयमा वा सेवा निवृत्त भएपछिको जीवनलाई सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको शुरुवात ग¥यो । कोभिड–१९ महामारीको बेला सामाजिक सुरक्षा कोषमा आवद्ध सम्पूर्ण श्रमिकहरुको आयमा कमी नआओस् भनेर नै प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिने व्यवस्था ग¥को सुरुवात भयो ।

यस बीचमा संवैधानिक संस्थाहरुलाई असंवैधानिक रुपमा दुरुपयोग गरी नेकपा (एमाले)लाई सरकारबाट हटाइयो । यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हाम्रा पाइलामा अवरोध पु¥यायो । सामाजिक परिवर्तन, आर्थिक विकास र सुनिश्चित श्रम जीवन निर्माणको हाम्रो गन्तव्यमा परमादेशको दुश्प्रयासले अल्पविराम लगाए पनि यसले हाम्रा पाइलाहरुलाई सधैंका लागि रोक्न सक्ने छैन । आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थन सहित नेकपा (एमाले)लाई तीनै तहका सरकारमा पुनस्र्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्ने छौँ । यसबवर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवसको जिफण्टको नारा– ‘हाम्रो मत सूर्यमा, श्रमशक्तिको विकास र समृद्धिको पक्षमा’ सामयिक छ ।यसलेसमृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सम्पूर्ण श्रमिक दिदीबहिनी तथा दाजुभाइहरुको साथ रहने कुरालाई अभिव्यक्त गरेको छभन्ने मेरो विश्वास छ ।

अन्त्यमा, अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख र समृद्धि तथा सम्मानित जीवनको पुनः शुभकामना व्यक्त गर्दछु ।

१८ बैशाख २०७९
(१ मे २०२२)

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई