न्यूनतम पारिश्रमिक बढाउन नसकेकोमा राष्ट्रपतिले माफी मागे


सिओल, दक्षिण कोरिया, २९ असार: दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले आफ्नो कार्यकाल भरीमा आफ्नो देशमा न्यूनतम पारिश्रमिक प्रतिघण्टा १० हजार वन (८.४८ अमेरिकी डलर) पुर्याउने प्रतिवद्धतालाई पूरा गर्न नसकेको भनी आइतबार सार्वजनिकरूपमा क्षमायाचना गर्नुभएको छ ।

राष्ट्रपति मुनले नीति निर्माणसम्बन्धी आफ्ना सेना प्रमुख किम साङ–जोमार्फत सार्वजनिक गरेको सन्देशमा उक्त कुरा बताइएको हो । राष्ट्रपति मुनलाई उद्धृत गर्दै साङ–जोले भन्नुभयो, “राष्ट्रपतिका हैसियतमा मलाई निकै अफसोस लागेको छ किनकि मैले दक्षिण कोरियाली जनतासँग वाचा गरे अनुसार मुलुकको न्यूनतम पारिश्रमिकको लक्ष्यलाई पूरा गर्न सम्भव भएन ।” साङ–जोले आइतबार चेओङ वा दायको न्यूनतम पारिश्रमिक निर्धारणप्रतिको जिम्मेवारीबारे पत्रकारहरूलाई जानकारी गराउनुभएको हो ।

गत हप्ता श्रम तथा व्यापार प्रतिनिधि र विज्ञहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा भएको मतदानले अर्को बर्षदेखि लागु हुनेगरी २.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो । पछिल्लो प्रावधान अनुसार अब दक्षिण कोरियाको न्यूनतम पारिश्रमिक प्रतिघण्टा आठ हजार ५९० वन कायम हुनेछ । दक्षिण कोरियाले सन् २०१९ का लागि गत बर्ष १०.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो । यस बर्ष दक्षिण कोरियाको आर्थिक वृद्धिदर यस दशक मा नै सबैभन्दा कम भएकोले न्यूनतम ज्याला दर प्रतिघण्टा १० हजार कोरियन वन पु¥याउने लक्ष्यसहितको नीति असफल भएको हो । राष्ट्रपति मुनको पाँच बर्षे कार्यकाल सन् २०२२ को मे महिनामा सकिनेछ ।

चेओङ वा–दायका सहयोगीहरूसँग राष्ट्रपति मुनले “मुलुकको आर्थिक, रोजगारी र बजारको ग्रहणशिलताको अवस्थालाई मध्यनजर गर्दै न्यूनतम पारिश्रमिक आयोगल कठीन निर्णय लिएको” बताउनुभएको जनाइएको छ । मुनले मतदानबाट निर्णय लिइनु पहिले केही सम्वेदनशिल बिषयमा आफ्नो धारणाका वाबजूद पनि लचकता अपनाउन सकिने सङ्केत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई