एमालेलाई जिताऔं : उपाध्यक्ष पौडेल


बुटवल । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले व्यक्तिको अनुशाशनसंगै राष्ट्रको विकास र संवृद्धिकालागि खेल आवश्यक रहेको बताउनु भएकाे छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले बुटवलमा आयोजना गरेको खेलाडी र पूर्व खेलमन्त्रीबीचको छलफल कार्यक्रममा बोल्दै उहाँले अस्थीर राजनीतिका कारण देशले खेलकुदको भरपुर विकास गर्न नसकेको बताउदै स्थीर राजनीति र सरकारका लागि एमालेलाई जिताउन आग्रह गर्नुभयाे ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले एमाले नेतृत्वको सरकारले खेलकुदको विकास, खेलाडीको व्यवसायिकता र खेल पूर्वाधार निर्माणमा महत्वपूर्ण काम गरेको सम्झीनुभयाे । ७ वटै प्रदेशमा स्पोर्टस एकेडेमी स्थापनादेखि खेलकुद पूर्वाधार विकासमा एमाले सरकारले सुरु गरेका खेलकुदका महत्वपूर्ण काम पूरा गर्न र संस्थागत गर्न पनि एमालेलाई जिताउन आवश्यक रहेको उहाँले जनाउनुभयाे । ‘मदन भण्डारीको विचार जनजनमा पुर्याउदै खेलको विकासमा एकेडेमीको ठूलो महत्व छ । तपाईहरु पनि एमालेलाई जिताउन लाग्नुस् । खेलकुदको विकास मिलेर गरौंला ।’ उहाँले भन्नुभयाे ।
पूर्व युवा तथा खेलकुद मन्त्रीमेत रहेका पौडेलले अस्थीर राजनीतिका कारण खेल क्षेत्रमा भएको क्षती परिपूर्ति मदन भण्डारी एकेडेमीले गरेको बताउनुभयाे । खेलकुदलाई खेलाडीमात्रका लागि नभइ आम नागरिकको स्वास्थ्य , मनोरन्जन र विकाससंग जोड्न पनि उहाँले आग्रह गर्नुभयाे । सबैकालागि खेल आवश्यक रहेको बताउदै उनले स्थानीय स्रोत साधनको प्रयोग गरेर चुनावमा एमालेको जीतसंगै खेलकुदको विकासमा युवा जोस र जा“गर लगाउनुपर्ने बताउनुभयाे । खेलकुदको विकाससंगै जनताको बहुदलिय जनवादलाई नागरिकमाझ पुर्याउन स्पोर्टस एकेडेमीले ठूलो भूमिका खेलेको भन्दै प्रसंशा पनि गर्नुभयाे ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले एकेडेमीको प्रदेश, जिल्ला हुदै ७ सय ५३ वटै स्थानीय तहमा कमिटी गठन भइरहेको बताउनुभयाे । पालिकास्तरदेखि नयाँ खेलाडी उत्पादन गर्ने, खेलकुदमा लागेकालाई प्रशिक्षीत गरेर सबल बनाउने र सबललाई व्यवसायिक बनाउन आफूहरु लागेको बताउदै उहाँले मदनको विचार स्थापित गर्न पनि एमालेलाई जिताउन लाग्ने बताउनुभयाे ।
एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले युवा जोस र जागरलाई खेलकुदमा लगाएर मदनको विचार मान्ने अनुशाशित युवा उत्पादन र देशमा संवृद्धिमा जुटेको चर्चा गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई