२०७९ बैशाख २३ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– सन्तानले सुख दिनेछन्, अध्ययनमा प्रगति हुनेछ ।
वृष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ ।
मिथुन– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
कर्कट– ऋण, रोग र शत्रुसितको कुरामा अनुकूलता आउनेछ । धनलाभको योग पर्नेछ ।
सिंह–न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।, रमाइलोमा दिन बित्नेछ ।
कन्या– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
तुला– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।
वृश्चिक– नयाँ जिम्मेवारी थपिनेछ, पारिवारिक कठिनाइ हुनेछ ।
धनु– बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
मकर– ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ– मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ ।
मीन– राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।