चुनावपछि प्रचण्ड-माधवको राजनीतिक हैसियत सकिन्छ : एमाले महासचिव पोखरेल


 

काठमाडौं, बैशाख २३ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनसँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको हैसियत सकिने ठोकुवा गर्नुभएको छ । मुलुकको राजनीति दुईदलीय ध्रुबीकरणमा प्रवेश गरिरहेका बेला प्रचण्ड र माधव नेपाल कांग्रेस नेतृत्वको बुर्जुवा शक्तिको सहयोगी बनेकोले राजनीतिक हैसियत सकिने पोखरेलले बताउनु भयो ।

आसन्न चुनावबाटै एमाले बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै महासचिव पोखरेलले निर्वाचनपछि प्रचण्डले नेतृत्व गरिरहेको माओवादी केन्द्र र नेकपा एसका नेता–कार्यकर्ताहरूले ध्रुबीकरणलाई साथ दिएर एमाले प्रवेशको लहर चल्ने पनि बताउनुभयो ।

‘नेपालको राजनीति अब बुर्जुवा र श्रमजीवी वर्गको राजनीतिमा ध्रुबीकृत हुन्छ, यो ध्रुबीकरणमा प्रचण्ड र माधव नेपाल बुर्जुवा शक्तिको सहयोगीका रूपमा खडा हुनुभएको छ, प्रचण्डले किङ मेकरको हैसियत गुमाउनुभो, यसरी उहाँहरूले हैसियत गुमाउँदै जानुको अर्थ ध्रुबीकरणले सार्थकता पाउँदैछ भन्ने हो,’ काठमाडौंमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

एमाले अध्यक्ष ओलीले सरकारलाई यस्तो दिए चेतावनी

धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

२०७९ असोज ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ । वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने

नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

  काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई