एक राउण्ड गोली र सालकको खपटा (आखेटोपहार) सहित पक्राउ


काठमाडौं, काठमाडौं महानगरपालिका-१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटा जस्तो देखिने वस्तु सहित सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका-८ घर भएका ५७ वर्षीय मण्डल गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गोली र वस्तु सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित युनिभर्सल लन्च एण्ड बार होटलबाट करिब ४ किलो ५ सय ग्राम सालकको खपटा (अखेटोपहार) सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं चाबहिल बस्ने सर्लाही बाग्मती नगरपालिका-३ घर भएका ३२ वर्षीय सुबिलाल सिङ्तान र काठमाडौं थलि बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका-२ घर भएका २१ वर्षीय सुवास बिष्ट रहेका छन् । उक्त होटलमा अवैध रुपमा दुर्लभ वन्यजन्तु सालकको खपटा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त नयाबाँनेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खपटा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई