एमाले उपत्यका विशेष प्रदेश कमिटी अन्तर्गत ३२ हजारभन्दा बढी पार्टी सदस्यहरु निर्वाचनमा परिचालन


ललितपुर । यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मुलुकको विकास र समृद्धिको पक्षमा मतदान गर्न सम्पूर्ण मतदातासँग नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीले आह्वान गरेको छ ।
आज बैशाख २३ गते बेकरी कयाफे पुल्चोक ललितपुरमा कार्यक्रममा उक्त आह्वान गरिएको हो ।
श्रमिक, युवा, विद्यार्थी, उद्योगी, व्यवसायी तथा पेशाकर्मीहरुको तर्फबाट गरिएको अपिलमा देशलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने अभियानलाई सफल पार्ने स्पष्ट दृष्टिकोण नेकपा (एमाले) सँग मात्र रहेको र यो अभियान सफल पार्न स्थानीय तहदेखि नै नेकपा एमालेले नेतृत्व गर्नु आवश्यक रहेको अपिलमा उल्लेख गरिएको छ ।May be an image of 4 people and people standing
पाँचबर्षमा हुने निर्वाचनमा मताधिकार सही ठाउँमा पर्यो भने मात्र यसले हाम्रो भाग्य र भविष्य निर्धारण गर्छ भन्ने कुरा बुझ्नुपर्ने समय आएको उल्लेख गर्दै अपिलमा नेकपा (एमाले) का सूर्यध्वजावाहक उम्मेदवारहरुलाई मतदान गरी विजयी बनाउन अपिल गरिएको छ ।
शुक्रबार यहाँ एक कार्यक्रमको आयोजना गरी अपिल सार्वजनिक गरिएको हो ।May be an image of 2 people and people standing
कार्यक्रममा नेकपा (एमाले ) का पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका इञ्चार्ज सुजिता शाक्यले देशभर नेकपा(एमाले)को पक्षमा चुनावी लहर आएको अवस्था औल्याउँदै यो जनलहरलाई विजयमा परिणत गर्न सबैजना निर्वाचनमा खट्नुपर्ने वताउनुभयो । शाक्यले यो लडाईं चुनाव मात्र नभएर बर्गीय लडाईं भएको बताउदै यसमा हार्न छुट नभएको उल्लेख गर्नुभयो । एमालेको पक्षमा जनताको समर्थन रहेको बताउदै जनताको बीचमा आफ्ना एजेण्डा लिएर जान निर्देशन दिनुभयो ।
उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य तथा उपत्यका विशेष कमिटीका सह इन्चार्ज बीना श्रेष्ठले मतदानका लागि अब थोरैमात्र दिन बाँकी रहेको भन्दै पार्टीका सबै नेता कार्यकर्ता पार्टीका उम्मेदबारलाई जिताउन आ–आफ्ना पालिका र वडामा विशेष रुपमा खट्नुपर्ने बताउनुभयो ।
स्थानीय तहको निर्वाचन २०७९ सफल पार्न उपत्यका विशेष प्रदेश कमिटी ललितपुर निर्वाचन संयोजक चन्द्रप्रसाद रिजाल जोड दिनुभयो ।May be an image of 7 people and people standing

नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीले उपत्यकाका तीन जिल्लामा संयोजक तोकी प्रदेश कमिटी, चार जिल्ला कमिटी, इलाका कमिटीहरुमा आवद्ध ३२ हजारभन्दा बढी पार्टी सदस्यहरुलाई निर्वाचनमा परिचालित गरेको छ ।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई