सञ्चारकर्मीले कसैको दबाबमा नपरी निष्पक्ष ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्छ: परराष्ट्रमन्त्री


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीले कसैको दबाबमा नपरी निष्पक्ष तथा पारदर्सी ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ ।

भन्ज्याग दैनिक पत्रिकाको सम्पादकीय संग्रहको विमोचन गर्दै उहाँले पत्रिका शुरु गर्न सजिलो छ तर जनताबीच टिकाई राख्नु चुनौतीपूर्ण रहेको बताउँदै देशको बदलिँदो परिस्थितिसँगै आर्थिक, सामाजिक रुपान्तरणलाई पनि पत्रकारले आफ्नो समाचारमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

मन्त्री ज्ञवालीले सञ्चारजगत् अहिले उद्योगको रुपमा प्रतिस्थापित भएकोमा खुशी व्यक्त गर्दै पत्रकारले मन नपरेको व्यक्तिलाई तेजोबध गर्न नहुने र प्रतिशोध लिने व्यक्तिको हतियार बन्न नहुने चर्चा गर्नुभयो ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले पत्रकारिताजगत् जनताको दुखसुखको आधार हुनुपर्ने बताउँदै देशको परिवर्तित परिस्थितिसँगै समृद्धिको पक्षमा पनि बहस हुनुपर्ने औँल्याउनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले पत्रकारले नेपालमा प्रजातन्त्र पुनःस्थापनाका लागि धेरै संघर्ष गरेको बताउनुभयो ।

महासङ्घका अर्का पूर्वअध्यक्ष महेन्द्र विष्टले नेपालका अग्रज पत्रकारहरु इतिहासको ऐनाको रुपमा रहेको चर्चा गर्दै प्रविधिले फड्को मारेको अहिलेको स्थितिमा पत्रकारले मुलुक, समाज तथा आवश्यकतामा जोडेर पत्रकारिता गर्नुपर्ने बताउनुभयो ।

सो पत्रिकाका सम्पादक विश्वबन्धु भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा राजनीतिक विश्लेषक झलक सुवेदी तथा माधव शर्मालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई