आमसभा कस्तो हुन्छ, हेर्न आज बुटवल आउनुहोस् : एमाले उपाध्यक्ष पौडेल


काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज बुटवल जाँदै हुनुहुन्छ । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले बुटवलमा नेकपा एमालेका उमेदवारहरुको जित सुनिश्चित भैसकेको बताउनु भएको छ ।
‘चुनाव जितिन्छ भन्ने कुरामा समस्या छैन, तर कुन ढंगले जित हुन्छ भन्ने मात्रै बांकी हो’– । ‘अब औसत ढंगले चुनाव जित्ने होइन, अत्यधिक र ऐतिहासिक रुपमा विरासतलाई नयाँ ढंगले पुष्टि गर्ने गरी चुनाव जित्नु पर्छ’ उहाले भन्नुभयो ।

बुटवलमा शनिबार भएको गठबन्धनको सभालाइ इंगित गर्दै पौडेलले एजेन्डा बिनाको सभाको कुनै अर्थ नरहेको बताउनु भयो । “आमसभा कस्तो हुन्छ भन्ने हेर्न भोलि आउनुस् ।’ उहाले भन्नुभयो। पूरा गठबन्धन एकातिर र एमाले अर्कोतिर लडाइँमा रहेतापनि गठबन्धनले एमालेलाई हराउन सक्ने कुनै आधार समेत नरहेको उहाले बताउनु भयो ।

बुटवल उपमहानगरमा नेकपा एमालेले बाबुराम भट्टराईलाई मेयरको उम्मेदवार बनाएको छ भने, सत्ता गठबन्धनबाट कांग्रेस नेता खेलराज पाण्डे साझा उम्मेदवार छन्।

बुटवलमा एमाले विगतको विरासत जोगाउन लागिपरेको छ भने, कांग्रेस एमालेलाई पराजित गरि नेतृत्व फर्काउन कस्सिएको छ। उपमेयरतर्फ एमालेले पार्टीका केन्द्रीय सदस्य सावित्रा अर्याललाई उम्मेदवार बनाएको छ भने, गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता चीनबहादुर गुरुङलाई साझा उम्मेदवार बनाएको छ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई