अध्यक्ष ओलीको चुनावी दौडाहा उत्कर्षमा,आज पोखरा देखि झापासम्म चार जिल्लाका कार्यक्रमहरुलाई सम्बोधन गर्दै


चुनाव प्रचारका लागि ४८ घण्टा समय मात्र बाँकी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनावी दौडाहा उत्कर्षमा पुगेको छ । अध्यक्ष ओलीले आज पोखरा देखि झापासम्म चार जिल्लाका कार्यक्रमहरुलाई सम्बोधन गर्दैहुनुहुन्छ ।
अध्यक्ष ओलीको सचिवालयले जनाए अनुसार विहान १० बजे अध्यक्ष ओली पोखराका लागि उड्नुहुनेछ । पोखरा महानगरपालिकाको चुनावीसभालाई सम्बोधन गरेर ललितपुर महानगरपालिकाको कार्यक्रमलाई सम्बोधन गर्न आउनुहुनेछ । त्यस लगत्तै अध्यक्ष ओलीले किर्तिपुर नगरपालिकामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । त्यसपछि साँझ ६ बजे अध्यक्ष ओली भद्रपुर विमानस्थलमा अवतरण गरेर आफ्नो गृहनगर दमकमा आउने कार्यक्रम छ ।
अध्यक्ष ओलीका प्रतिनिधी एवं प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार साँझ अध्यक्ष ओलीले दमकको नेतृत्वसँग चुनावी तयारी बारे छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस  
पोखरा लगायतका ठूला सहरमा अन्तर्घातको खतरनाक ट्रेण्ड देखियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा लगायतका ठूला सहरमा मेयर हार्नुको कारण

काठमाडौँ महानगरको उपमेयरमा सुनिता डंगोल जित सुनिश्चित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल भारी मतका साथ अगाडि हुनुहुन्छ । नेकपा एमालेबाट

रवीन्द्र मिश्रले दिए विवेकशील साझाको अध्यक्षबाट राजीनामा ( प्रेस वक्तव्य )

काठमाडौं ११ जेठ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिनुभएको छ ।

काठमाडौं १८ मा एमालेको प्यानलै विजयी

काठमाडौं जेठ ११ : काठमाडौं महानगर– १८ को वडाध्यक्षमा नेकपा एमालेका न्हुछेकाजी महर्जन विजयी हुनुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई