चोरीका ल्यापटप, क्यामेरा तथा मोवाइल सहित २ जना पक्राउ


काठमाडौं,  काठमाडौंका बिभिन्न स्थानबाट ल्यापटप, क्यामेरा तथा मोबाइल लगायतका विद्युतीय सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई तारकेश्वर नगरपालिका-४ पुरानोगुहेश्वरीबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका-४ पुरानोगुहेश्वरी बस्ने ३० वर्षीय सुर्य पुतुवार र तारकेश्वर नगरपालिका-४ सानोपुल बस्ने धादिङ गंगाजमुना गाउँपालिका-३ घर भएका १८ वर्षीय किशोर रहेका छन् । काठमाडौं जिल्लास्थित बिभिन्न स्थानबाट बिभिन्न बिद्युतीय सामग्रीहरु चोरी हुने क्रम बढेको जनगुनासो प्राप्‍त भएपश्‍चात प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई चोरी गरेको १ थान ल्यापटप, २ थान क्यामेरा र विभिन्न कम्पनीका २६ थान मोबाइल सहित पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंबाट चोरी सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
एमालेले समानुपातिक सांसदको टुंगो आज लगाउने

काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज

२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।

महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई