गठबन्धनलाई अगाडि बढाउन मार्गचित्र कोरेका छौँ: प्रवक्ता महत
काठमाडौं, वैशाख २६ गते । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनलाई अगाडि बढाउन मार्ग चित्र कोरेको बताउनु भएको छ ।
पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता महतले सो कुरा बताउनुभएको हो ।
ओलीले गठबन्धन नचलोस् भन्ने चाहनु स्वाभाविक रहेको भन्दै प्रवक्ता महतले संविधान र लोकतन्त्र बलियो पार्नका लागि सहकार्य गर्ने मार्गचित्र तयार रहेको बताउनुभयो ।
‘‘हामीले आगामी मार्गचित्र कोरेका छौं, गठबन्धनलाई अगाडि लैजानका लागि उहाँ त गठबन्धन तोडियोस् भन्ने चाहनुहुन्छ । उहाँ नचलोस् भन्ने चाहनुहुन्छ । कांग्रेस लोकतन्त्र, संविधान बलियो पार्नका निम्ति सहकार्य गर्न तयार छ,’ उहाँले भन्नुभयाे ।
उहाँले भन्नुभयाे , कांग्रेस लोकतन्त्र र संविधानलाई बलियो पार्न गठबन्धनसँग सहयात्रा गर्न तयार रहेको छ । कांग्रेसलाई विश्वास छ, हाम्रो सहयात्री दलहरु पनि यी मान्यतानुसार लोकतन्त्र सस्थागत गर्ने यात्रामा अगाडि बढ्नु हुनेछ ।