अवैध लागूऔषध सहित पक्राउ


धादिङ, गजुरी गाउँपालिका-६ मिलनटारबाट करिब २० किलो अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका-८ बस्ने ३० वर्षीय केशब तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय थल बहादुर तमाङ रहेका छन् । किरानचोकबाट आदमघाटतर्फ आँउदै गरेको बा.८५ प ३७७० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक केशव र मोटरसाइकलमा सवार थल बहादुरलाई पक्राउ गरेको हो ।

मोरङ, सुनवर्षी नगरपालिका-८ हरिश्चन्द्रगडीबाट सुनवर्षी नगरपालिका-६ बस्ने २५ वर्षीय उमेश ऋषिदेवलाई विभिन्न लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । साइकलमा आउँदै गरेका उनलाई प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साथमा रहेको अवैध लागूऔषध १ ग्राम ८ सय १० मिलिग्राम ब्राउनसुगर, ४ सय ७० मिलिग्राम चरेस, नियन्त्रित लागूऔषध १० पत्ता ट्रमाडोल र ३ पत्ता स्पास्मो प्रोक्सिभन  सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्री गुणबद्र्धने विच भेटवार्ता

काठमाडौ/माघ २१ परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले श्रील.काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयक बैठक शुरु हुनु भन्दा अगाडि अध्यक्ष रवी लामिछानेको यस्तो आयो ट्विट

  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । केहीबेर अघि राजधानीस्थित पार्टी

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने

काठमाडौँ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । आज विहान ९ बजे 

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग हुने

काठमाडौं, १९ माघ : नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई