बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-८ बस्ने ५० वर्षीय राम सुन्दर डंगोललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ वैंशाख ४ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा ७ दिन कैद र ३६ लाख ७५ हजार रुपैयाँ  जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पिगंलास्थानबाट पक्राउ गरेको हो । डंगोलले २०७७ असोज २ गते कैलाश विकास बैंक लिमिटेडमा उनको आफ्नै खातामा  पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस  
परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्री गुणबद्र्धने विच भेटवार्ता

काठमाडौ/माघ २१ परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले श्रील.काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयक बैठक शुरु हुनु भन्दा अगाडि अध्यक्ष रवी लामिछानेको यस्तो आयो ट्विट

  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । केहीबेर अघि राजधानीस्थित पार्टी

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने

काठमाडौँ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । आज विहान ९ बजे 

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग हुने

काठमाडौं, १९ माघ : नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई