भारतका प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल भ्रमण आउने


काठमाडौं, वैशाख २९ गते। प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जेठ २ गतेदेखि नेपाल भ्रमण गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार सार्वजनिक गरेको भ्रमण कार्यतालिकामा सो कुरा उल्लेख छ।

प्रधानमन्त्री मोदीे दिल्लीबाट सिधै नेपालको लुम्बिनीमा आउनुहुनेछ। बिहीबार परराष्ट्र मन्त्रालयले  प्रधानमन्त्री मोदी औपचारिक भ्रमणका लागि सिधै लुम्बिनी आउनुहुने भ्रमण तालिका तय भएको जानकारी गराएको हो। प्रधानमन्त्री मोदी लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्तीको विशेष समारोहमा सरिक हुने कार्यक्रम छ।

जेठ २ गते प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाआजा गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदाको केन्द्र निर्माणको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई