एमाले नेता खगराज अधिकारीले गरे मतदान, अरू शीर्ष एमाले नेताहरुले कहाँबाट गर्दैछन् मतदान ?


काठमाडौं, ३० वैशाख । आज हुने हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.२ बालकोटबाट मतदान गर्दै हुनुहुन्छ । लामो समयदेखि बालकोटमा रहँदै आउनुएका अध्यक्ष ओलीको मतदाता नामावलीमा पनि बालकोटमै रहेको छ । उहँको नाम भक्तपुरमा रहेको छ भने मतदान केन्द्र बालकोटस्थित महेन्द्र शान्ति माविमा रहेको छ । अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाटै मतदान गर्ने उपमहासचिव विष्णु रिमालले बताउनुभयो । त्यसैगरी, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ स्थित स्काईलार्क स्कूलमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुने छ ।

उपाध्यक्ष युवराज ज्ञवालीले काठमाडौं महानगरपालिका वडा नं. १४ बाट मतदान गर्नुहुने छ भने अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ३ मा रहेको मतदान केन्द्रमा मतदान गर्ने बताइएको छ । यसैगरी, उपाध्यक्ष रामबहादुर थापा ‘वादल’ले भरतपुर महानगरपालिका वडा नं. १० नारायणी मावि केन्द्र, विष्णु पौडेलले रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नं.८ को केन्द्र, उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गृहजिल्ला इलामको इलाम नगरपालिका र सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरपालिका भण्डार माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । महासचिव शंकर पोखरेलले दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं. १९ विजौरीको जनता क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुने छ । उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी जिल्ला रूरू गाउँपालिका वडा नं. ४ बलेटक्सारमा रहेको मतदान केन्द्रमा मतदान गदै हुनुहुन्छ । त्यस्तै, उपमहासचिव पृथ्वी सुब्बा गुरूङले लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नं. ९ गेलङुको बुद्धोदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र, विष्णु रिमालले काठमाडौं महानगरपालिका वडा नं.३१ शान्तिनगरमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

यसैगरी सातै जना सचिवहरू मतदानका लागि गृह जिल्लामा हुनेछन् । सचिवहरू गोकर्ण विष्टले गुल्मीको इस्मा गाउँपालिका वडा नं। ४ दोहली, योगेश भट्टराईले ताप्लेजुङको मैयाखोला गाउँपालिका नारायणी मावि साँघु मतदान केन्द्र, लेखराज भट्टले कैलालीको गोदावरी नगरपालिका वडा नं। १ घण्टेश्वर माविमा रहेको मतदान केन्द्र, टोपबहादर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ९ अर्घा राइसचौर मतदान केन्द्र, पद्मा अर्यालले गृहजिल्ला स्याङ्जाको वालिङ नगरपालिका वडा नं.१४ वडा कार्यालयमा रहेको मतदान केन्द्र, छविलाल विश्वकर्माले रुपन्देहीको बुटवल नगरपालिका वडा नं. ११ मा रहेको लुम्विनी बाणिज्य क्याम्पसमा रहेको मतदान केन्द्र, रघुवीर महासेठले धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं।९ मा रहेको सहृदय पुस्तकालय प्राङ्गणमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् ।सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले सिन्धुपाल्चोकको ऐतिहासिक त्रिपुरासुन्दरी पिस्कर गाउँपालिका वडा नं। ४ मा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । भने एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले पोखराको आनन्दज्योती मतदान केन्द्रमा भर्खरै मतदान गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस  
६८४ स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीले कति पालिका जिते ?

निर्वाचन आयोगको तथ्यांकअनुसार हालसम्म २३७ नगर र ४५५ गाउँपालिका गरी कुल ६८४ स्थानीय तहको नतिजा

७५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता कायमै

  काठमाडौं – स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २८ हजार ६ सय

६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई