एमाले उपाध्यक्ष विष्णु पौडेलले बुटवलबाट गरे मतदान
काठमाडौं बैशाख ३० : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बुटवल उपमहानगरपालिका ८ को सडक डिभिजन कार्यालयमा रहेको मतदानस्थलबाट मतदान गर्नुभएको छ ।
स्थानीय चुनावका लागि आज देशभर मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताहरु उत्साहका साथ सहभागी भइरहेका छन् । बेलुका ५ बजेसम्म मतदान जारी रहने जनाईएको छ ।