निर्वाचन आयुक्तहरूले गरे मतदान
काठमाडौं, वैशाख ३० गते । स्थानीय तह निर्वाचनको क्रममा आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका आयुक्तहरूले मतदान गर्नुभएको छ ।
प्रमुख आयुक्त थपलियाले भक्तपुर जिल्लाको मध्यपुरठिमी वडा नं. १ को लोकन्थली उपस्वास्थ्य चौकीस्थित निष्ट स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । यसैगरी, आयुक्त इश्वरीप्रसाद पौडेलले ललितपुर जिल्लाको टिका विद्याश्रम मावि सानेपाबाट मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।