भोट हालेपछि एमाले अध्यक्ष ओलीले यस्तो गरे खुलाशा


 

काठमाडौँ, ३० बैशाख : एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई केही दिनअघि मात्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने औपचारिक प्रस्ताव गरेको खुलासा गर्नुभएको छ । आज मतदान केन्द्र पुगेर भोट खसाइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो खुलासा गर्नुभएको हो।

ओलीका अनुसार गत ९ गते स्थानीय चुनाव पर सार्न देउवाले गरेको प्रस्ताव उहाँले अस्वीकार गर्नुएको हो । ‘उहाँले औपचारिक प्रस्ताव गर्नुभएको थियो । तर, मैले देशलाई द्वन्द्वमा लैजानु हुँदैन, तपाईं अलोकतान्त्रिक बाटो नहिँड्नुस भनेर राम्रैसँग खबर पठाइदिएँ,’ ओलीले भन्नुभयो ।

उहाँले यो कुरा आफूले आज पहिलोपटक सार्वजनिक गरेको पनि जानकारी दिनुभयो । गठवन्धनले चुनाव सार्नका लागि धेरै बहाना खोजे पनि सफल नभएको ओलीले बताउनुभयो । ‘हामी सहमत भएपछि र कानूनी व्यवस्थाका कारण उहाँहरु चुनाव गराउन वाध्य हुनुभएको हो । नत्र मुद्दामा गएर हुन्छ कि झगडा गरेर हुन्छ कि अनेक तरिकाले चुनाव रोक्न खोज्नुभएको थियो । यो चुनाव गराउन हामीले धेरै पापड बेल्नु परेको छ,’ ओलीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई