महागठबन्धन राप्रपालाई ब्याक फायर, गत निर्वाचनमा एक्लै जितेको वडा यसपाली एमालेले खोस्यो
दमक- अघिल्लो स्थानीय तहको निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धा गर्दा दमक नगरपालिकाको वडा नं १ मा एमालेलाई राप्रपाले चुनाव हराएको थियो । संयोग पनि अहिलेकै उम्मेद्वारहरु एमालेबाट हरी नेउपाने र राप्रपाबाट तारा अधिकारीबीच प्रतिष्पर्धा भएको थियो ।
त्यसबेलाको मतगणनालाई एमालेले चित्त नबुझाएर दोहोर्याएर गणना गर्नु परेको थियो । यस वडामा एमालेका हरी नेउपानेलाई राप्रपाका अधिकारीले ७ मतले पराजित गर्नुभएको थियो । नेउपानेको ८सय र अधिकारीको ८सय ७ मत आएको थियो । जम्मा ७ मतले पराजित भएर एमाले पाँचवर्ष वडाको सत्ता बाहिर थियो ।
राप्रपाले यसपाली मेयर सहित अन्य वडाहरुमा पनि आफ्नो शक्ति विस्तार गर्न भन्दै काँग्रेस र माओवादीसँग गठबन्धन गर्यो । तर सुरुवात नै खराब भयो । अर्थात गठबन्धनसँग लाग्दा भारी मतले जित्नु पर्र्नेमा उल्टै फराकिलो मतान्तरले पराजित हुनुपर्यो । आफ्नो गढ ठाउँमा काँग्रेस माओवादीको मत मिसाउदा झन् धेरै अन्तर हुनुपर्नेमा पराजित भएपछि राप्रपाले महागठबन्धन आफ्ना लागि ब्याक फायर भएको समिक्षा सुरु गरेको छ । अहिले राप्रपा ४ मतले पराजित भएको छ । मेयरमा पनि एमालेकी गीता अधिकारीसँग पछि पछि परेका राप्रपाका राम थापा एक नं वडाको चुनावी नतिजाबाट थप हतास बनेको निकटस्थहरु बताउछन् ।