सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एमाले विजयी
काठमाडौं, १ जेठ । सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकामा एमाले विजयी भएको छ।
एमालेले अध्यक्ष र उपाध्यक्ष दुबै जितेको हो।अध्यक्षमा मिङ्मा छिरी शेर्पा २०२८ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिष्पर्धी कांग्रेसका चुङ्ब शेर्पाले १६०९ मत ल्याउनुभयो ।
उपाध्यक्षमा एमालेकी टासी ल्हमु शेर्पा २०२३ मतसहित विजयी हुनुभएको छ । उहाँकी प्रतिष्पर्धी कांग्रेसकी निर्मला थापा कार्की मगरले १५८२ मत पाउनुभयो। यो विजयसँगै एमालेले यसपालिको चुनावमा अहिलेसम्म ७ पालिकामा जित हात पारेको छ।