भ्रमपुर्ण समाचार प्रसारण भएकोमा नेकपा महासचिव विष्णु पौडेलद्धारा दुःख व्यक्त

काठमाडौं : कतिपय संचार माध्यामले सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ,व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा ८ आना जग्गा खरिद गरेको पाइएको छ। सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएपछि यो विषय थप पेचिलो बनेको छ भन्दै समाचार प्रकाशन भएपछि नेकपा महासचिवले दुःख व्यक्त गर्नुभएको छ ।
उहाले केहिसमय अगाडी प्रेस वक्तव्य जारी गर्दे‘२०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु ।’ भन्नुभएको छ ।
हेर्नुहोस् प्रेस वक्तव्य
