काठमाडौँ महानगरको मेयरमा बालेनको फराकिलो अग्रता कायमै, सिंहको स्थापितसँगको मतान्तर घटदै
काठमाडौँ- काठमाडौँ महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन ।
उनले अहिलेसम्म ३ हजार १ सय १० मतका साथ अग्रता कायम गरिरहेका छन्। त्यस्तै उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ४५ मतका साथ उनलाई पछ्याइरहेका छन् । सिंहले नेकपा एमालेका केशव स्थापितसँगको मतान्तर घटाएकी छन्।