निर्वाचन हारेपछि एमाले गाउँपालिका अध्यक्षद्वारा राजीनामा
खोटाङ जेठ २ : नेकपा एमालेका दिप्रुङ चुईचुम्मा गाउँपालिका कमिटि अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिनुभएको छ ।
आफ्नो वडामा पार्टीले हार बेहोरेपछि कार्कीले राजिनमा दिनुभएको हो ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा एमालेका सबै उम्मेदवार पराजित भएपछि गाउँपालिका कमिटी अध्यक्ष कार्कीले आइतबार विज्ञाप्ती जारी गर्दै पदबाट राजीनामा दिनुभएको हो ।
वडामा एमालेले नराम्रो हार बेहोर्नु परेकाको भन्दै नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताउनु भएको छ । उहा ३४ वर्षदेखि एमालेको राजीनितीमा क्रियासिल हुनुहुन्थ्थो ।