२१६ पालिकाको मत परिणाम सार्वजनिक,कुन पार्टीले कति जिते ?
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत २१६ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पालिका अध्यक्ष जितेका छन् ।
पछिल्लो विवरणअनुसार कांग्रेस ९९ , एमाले ६१ , माओवादी केन्द्रले ४९ र नेकपा एकीकृत समाजवादीले ४ स्थानीय तहमा प्रमुख पद जितेका छन् । उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले ९०, एमाले ५२ माओवादी ४१, एकीकृत समाजवादी ८, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् ।
मतगणना जारी रहेकाे स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले अगाडि छ भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।